coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

पहिलो गीतसँगै मैदानमा 'ऐश्वर्य'

काठमाडौं- अभिनेता रमेश उप्रेतिले निर्माणमा डेब्यु गरेको फिल्म 'ऐश्वर्य'को पहिलो गीत रिलिज भएको छ। शुक्रबार सुन्धारास्थित सिने दि सेफ हलमा 'तिमी रोएको पल' बोलको गीत रिलिज गरिएको हो। अर्जुन पोखरेलको संगीत रहेको गीतमा अन्जु पन्त र सुगम पोखरेलले स्वर दिएका छन्। उपल्लो मुस्ताङको दृश्य समेटिएको गीत  सुदिप बरालले खिचेका हुन्।

अभिनेता उप्रेति फिल्म खेल्दा खेल्दै अमेरिका भासिएका थिए। गतसाल मात्र फर्किएर 'ब्रासलेट'मा अभिनय गरेका उप्रेतिले 'ऐश्वर्य' मार्फत् निर्माणमा पनि हात हालेका हुन्। उनले 'ब्रासलेट' असफल भए पनि निर्माणमा सक्रिय बनाउन यही फिल्मको भूमिका रहेको बताए।

'गत साल मैंले अभिनय गरेको ब्रासलेट असफल रह्यो। तर, यही फिल्मले नै हो, कलाकार रमेश उप्रेतिलाई फिल्ममा पूर्णतया लाग्न प्रेरित गरेको। त्यसैको प्रतिफल हो फिल्म 'ऐश्वर्य'। एउटा स्ट्यान्डर्ड फिल्म दिने हाम्रो प्रयास छ। आज सार्वजनिक भएको गीत यसैको झलक हो,' उप्रेतिले भने। उप्रेति फिल्ममा मुख्य भूमिकामा देखिनेछन्। फिल्म दिवाकर भट्टराईले निर्देशन गरेका हुन्। उनले पनि स्तरीय फिल्म दिने प्रयास स्वरुप स्वरुप फिल्मको निर्माण भएको बताए। उनले फिल्मको कथा सम्पत्तिका लागि लड्ने चरित्रको केन्द्रमा राखेर निर्माण गरेको बताए।

फिल्मबाट दीपिका प्रसाइँले पनि अभिनेत्रीको रुपमा डेब्यु गर्दैछिन्। उनले फिल्मका लाul सम्पूर्ण समूहसँगै आफूले पनि सक्दो मेहनत गरेको बताइन्।  त्यसैगरि फिल्मका कलाकार प्रशान्त ताम्राकारले फिल्म धन कमाउन चाहाने दुई भिन्न चरित्रका मानिसको द्वन्द्वमा आधारित रहेको बताए। फिल्मलाई शुभकामना दिन पुगेका जितु नेपालले पछिल्लो समय उद्योग झुठो प्रचारमा रमाउन थालेको भन्दै व्यंग्य गरेका थिए। 'दुई ट्रक मान्छे तल राखेर माथिबाट हात हल्लाउने चलन बढिरहेको छ। यसले केही समय त फाइदा गर्छ तर दीर्घकालीन रुपमा असर गर्छ। हामी सबै सचेत हुनुपर्छ' नेपालले भने। फिल्मलाई दीपकराज गिरी, करिष्मा मानन्धर, पाइलट विकास राणा, आदिले पनि शुभकामना दिएका थिए।

फिल्ममा केकी अधिकारी पनि मुख्य भूमिकामा छिन्। तर, केकी अमेरिका रहेका कारण गीत सार्वजनिक कार्यक्रममा उपस्थित थिइनन्। फिल्ममा विकास खतिवडा, निर्मल शर्मा आदिको पनि अभिनय रहेको छ।

दिवाकर स्वयंको लेखन रहेको फिल्म राजेश श्रेष्ठ र सुदिप बरालले छायांकन गरेका हुन् भने फिल्मको सम्पादन दीर्घ खड्काले गरिरहेका छन्। अर्जुन श्रेष्ठ र निर्मल शर्माको समेत लगानी रहेको फिल्म कात्तिक २ गते रिलिज हुँदैछ।

प्रकाशित: २९ श्रावण २०७४ ०५:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App