७ वैशाख २०८१ शुक्रबार
समाज

पहिरोले घर बगाउँदा एकै परिवारका तीनको मृत्यु

दैलेख- अविरल वर्षासँगै आएको पहिरोले घर बगाउँदा सुर्खेतको गुर्भाकोटमा तीन जनाको मृत्यु भएको छ। सदरमुकाम वीरेन्द्रनगरदेखी पूर्वमा पर्ने गुर्भाकोट नगरपालिका–६ बडाखोलीस्थित सिन्दुरखोला गाउँमा पहिरो आउदा शनिबार राति घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा गुर्भाकोट–६ का ८३ वर्षीय गुमानसिं बुढा, उनका १४ वर्षीय नाती विक्रम बुढा र १२ वर्षीय सरन बुढा छन्। गएराति १२ बजेतिर गएको पहिरोले घर बगाउँदा उनीहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय छिन्चुले जानकारी दिएको छ। पहिरोमा पुरिएका उनीहरुको शव प्रहरीले आइतबार बिहान निकालेको थियो।

यता, रत्नराजमार्गको हर्रे–कोहलपुर सडक खण्डमा पहिरोजाँदा सवारी आवगमन बन्द भएको छ। भेरीगंगा नगरपालिकाको हर्रे नजिकै गएराति पहिरो गएको हो। सुर्खेत प्रवेश गर्ने मुख्य सडक नै अवरुद्ध भएपछि यात्रुहरुको विचल्ली भएको प्रहरीले जनाएको छ। सडक खुलाउने प्रयास बिहानैबाट सुरु भएको छिन्चु प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: २९ श्रावण २०७४ ०२:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App