८ वैशाख २०८१ शनिबार
समाज

मध्य र पश्चिम तराईमा भारी वर्षा हुने, बबई, राप्ती र बगमतीको पानी सतह खतरा तहमाथि

काठमाडौं- मनसुन सुरु भएयता पहिलो पटक न्यूनचापीय रेखा (वर्षा गराउने प्रणाली) चुरे र महाभारत पर्वतबीचको आकाशमा केन्द्रित भएकाले शुक्रबार बिहानदेखि मुलुकका अधिकांश क्षेत्रमा भारी वर्षा भएको छ। तीन दिनअघि नेपाल भित्रिएको यो प्रणालीले शुक्रबार बिहानदेखि भारी वर्षा गराएको मौसमविद्ले बताएका छन्। यो प्रणाली सोमबार बिहानसम्मै सक्रिय हुने पूर्वानुमान छ।  मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले आइतबार पनि भारी वर्षाको सम्भावना रहेको जानकारी दिए।

'न्यूनचापीय रेखा महाभारत पहाडको छेउछाउसम्म आइपुगेकाले भारी वर्षा भएको हो,’ उनले भने, 'न्यूनचापीय रेखा नेपाल–भारत सीमामा हुँदासमेत धेरै वर्षा हुन्थ्यो। यो अहिले नेपालकै पहाडमाथि छ। त्यसैले भारी वर्षा भएको हो।’

रिमालले सोमबार बिहानदेखि मौसममा क्रमिक सुधार आउने जानकारी दिए। उनले आइतबार मध्य र पश्चिमका तराई भेगमा अझ भारी वर्षाको सम्भावना रहेको बताए। 'शुक्रबारदेखि पूर्वी तराईमा धेरै वर्षा भइरहेको थियो। आइतबार मध्य र पश्चिम तराईमा धेरै वर्षा हुने देखिन्छ। चुरे र महाभारतबीचमा रहेको न्यूनचापीय रेखाभित्र धेरै प्रणाली विकास भएका छन्। त्यसैमध्येको अर्को न्यूनचापीय रेखा मध्य र पश्चिम क्षेत्रमा देखिएको छ,' उनले भने, 'यसले गर्दा धेरै वर्षा हुनसक्छ।’ नेपालमा हुने वर्षाको मात्रा न्यूनचापीय रेखामा भर पर्छ। यो रेखा जति उत्तरतिर आयो त्यत्ति धेरै मौसमी गतिविधिी बढ्छ र भारी वर्षा हुन्छ। यो दक्षिणतिर गयो भने वर्षा कम हुन्छ।

रिमालले न्यूनचापीय रेखा सक्रिय भएको चुरे महाभारत क्षेत्रमा भारी वर्षा हुँदा पूर्वी र मध्यतराईका नदीमा बाढी आएको जानकारी दिए। उनले अहिलेको वर्षालाई मनसुनको नियमित झरीको संज्ञा दिए । 'क्लाउड ब्रस्ट भएको होइन। यो मनसुनका बेला हुने नियमित झरी हो। यस्तो बेलामा धेरै क्षेत्रफलमा नियमित वर्षा हुन्छ’, उनले भने।

यसअघि वरिष्ठ मौसमविद् मणिरत्न शाक्यले अहिलेको मनसुनमा झरी नलागेको बताएका थिए। उनले 'निम्बोस्टाट्स’ बादल नलागेकाले यस्तो झरी हराएको जानकारी दिएका थिए।  रिमालका अनुसार तराईको तुलनामा पहाडी र उच्चपहाडी क्षेत्रमा धेरै कम वर्षा भएको छ।

बाढी पूर्वानुमान शाखाले पनि शनिबार बाढीसम्बन्धी विशेष बुलेटिन प्रकाशित गर्दै पूर्वी र मध्यतराईका सबै नदी तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन अपिल गरेको छ। 'बाढी आउने सम्भावना टरेको छैन। वर्षाको अवस्था हेर्दा आइतबारसम्म तराईका क्षेत्रमा खतरा छ’, बाढी पूर्वानुमान शाखा प्रमुख राजेन्द्र शर्माले भने। उनले पूर्वी, मध्यका सबै र पश्चिमका केही नदी तटीय क्षेत्रमा आइतबारसम्म अति उच्चजोखिम रहेको जानकारी पनि दिए। 

शाखाका अनुसार पूर्वका झापा, इलाम, सुनसरी मोरङ, सप्तरी, धनकुटा, मध्य क्षेत्रका रौतहट, सर्लाही, मकवानपुर, सिराहा, पर्सा, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु र पश्चिमका कञ्चनपुर, कैलाली र बर्दियाका विशेषगरी चुरे र महाभारत पर्वतबाट निस्किएका मेची, निन्दा बिरिङ, कन्काई, पथरी, त्रियुगा, बागमती, पूर्वी राप्ती, रिउ, विनय, अरुण, तिनाउ, बाणगंगा, मछेली, महना, बबईलगायत नदीखोलामा पानीको बहाव खतरा तहभन्दा माथि जानसक्छ।

'हामीले केही नदीका तटीय क्षेत्रमा बसोबास गर्दै आएका सर्वसाधारणलाई मोबाइलमा सन्देश पठाएर सचेत त बनाएका छौं। कतिपय क्षेत्रमा सूचना पुग्न सकेको छैन’, उनले भने, 'तराईका सबै नदी तटीयका सर्वसाधारणले सावधानी अपनाउनुपर्ने देखिन्छ।’

बर्दिया हुँदै बग्ने बबई नदीको पानीको सतहले शनिबार बिहानदेखिनै खतरा तह पार गरेको छ। शनिबार साँझ ८ बजेसम्मै यो नदीमा पानीको सतह खतरा तहमै छ। खतरा तह ६.१० तोकिएको उक्त नदीमा शनिबार रातिसम्म ६.४७ पुगेको थियो। यसैगरी पश्चिम राप्तीको पानीको सतह पनि खतरा तहभन्दा माथि पुगेको छ। 

यसैगरी चितवन हुँदै बग्ने पूर्वी राप्ती नदीको पानीले शनिबार साँझ पौने छ बजेदेखि खतरा तह पार गरेको शाखाले जनाएको छ। साँझसम्म यस नदीको पानीले खतरा तह ३.७ मिटर नाघेको छ। यसैगरी बागमतीको तल्लो तटीय क्षेत्र सर्लाही र रौतहटमा भारी वर्षा भएकाले त्यस भेगका सर्वसाधारणलाई मोबाइल सन्देश पठाएको छ।

शाखा प्रमुख शर्माले कतिपय नदीमा बाढीले पानी नाप्ने यन्त्र बगाएकाले सूचना लिन कठिनाइ भएको जानकारी पनि दिए। उनले पूर्वको कन्काई नदीको मैनाचुली केन्द्रबाट पानीको सतहको जानकारी लिन समस्या भइरहेको बताए। यो केन्द्रमा शनिबार बिहान ४ बजेदेखि पानीको सतहले खतरा तह पार गर्‍योे। शुक्रबार बेलुकीदेखि कन्काई, मोहनालगायत नदीको जलसतहले खतरा तह पार गरेको थियो।

विराटनगरस्थित विमानस्थल पूरै डुबानमा भएकाले त्यहाँको वर्षाको विवरण प्राप्त नभएको महाशाखाले जनाएको छ। विमानस्थलभित्रको मौसम केन्द्र डुबानमा परेको छ।

वर्षभरि हुने वर्षाको करिब ८० प्रतिशत वर्षा मनसुन अवधिमा हुन्छ। यसटकको मनसुन लगभग नियमित समयमा जेठ २९ गते नेपाल भित्रिएको थियो। भित्रिएको एकसाता पछि मात्र यो सक्रिय भएकेा हो। सामान्यतया जुनदेखि सेप्टेम्बरसम्मका चार महिनालाई दक्षिण एसियाली क्षेत्रमा मनसुन अवधि भनिन्छ। मनसुनको पनि सबैभन्दा बढी वर्षा हुने अवधि असार १५ देखि साउन १५ गतेसम्म धेरै कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागको तथ्यांले देखाएको छ। साउन १५ पछि

प्रकाशित: २९ श्रावण २०७४ ०२:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App