गृहमन्त्रीको प्रधानमन्त्रीलाई ब्रिफिङ: बाढी प्रभावित क्षेत्र ८० प्रतिशत ढुवानमा

शनिबार, २८ साउन २०७४, २० : २१ नागरिक

0


काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले तराई र भित्रि मधेस लगायत देशका विभिन्न क्षेत्रमा अविरल बर्षाका कारण डुवानमा परेकाहरुको तत्काल उद्दार गर्न निर्देशन दिएका छन्।

शनिबारसाँझ प्रधानमन्त्री निवास बालुवाटारमा गृहमन्त्री, रक्षामन्त्री, प्रधानसेनापति, नेपाल प्रहरी र शशस्त्र प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख लगायतका अधिकारीहरुलाई बोलाएर ढुवानमा परेका क्षेत्रमा तत्काल उद्दार कार्य तदारुकताका साथ अघि बढाउन आफै उपस्थित हुन निर्देशन दिएका हुन्। ‘बाढिले तराईमा ठूलो धनजनको क्षतिपुगेको छ’ प्रधानमन्त्रीले निर्देशन दिदै भने, ‘तपाईहरु अव काठमाडौं बस्ने होईन, प्रभावित क्षेत्र पुग्नुहोस्, उद्दारमा एकीकृत भएर काम गर्नुहोस् ।’

प्रधानमन्त्रीले बाढिका कारण थप ढुवानमा पर्न सक्ने क्षेत्रको पनि पहिचान गरेर उक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन पनि निर्देशन दिएका छन्।

प्रधानमन्त्रीले बाढि पीडितहरुको उद्दार, राहत र स्थानान्त्रणमा सरकारले जुनसुकै पनि सहयोग गर्न तयार रहेको बताउँदै तत्काल उद्दारमा खटिन चार वटै सुरक्षा निकायलाई नागरिक समाजलाई समेत अपिल गरेर अघि बढ्न पनि निर्देशन दिए।

प्रधानमन्त्रीले डाकेको उक्त बैठकमा गृहमन्त्री जनार्दन शर्माले बाढि प्रभावित क्षेत्र ८० प्रतिशत ढुवानमा परेको तथ्यांक पेश गरेका थिए। गृहमन्त्रीले मौसमका कारण हेलिकप्टरबाट उद्दार गर्ने कार्य अघि बढाउन नसकिएको व्रिफिङ गरेका थिए।

बैठकमा नेपाली सेनामा प्रधान सेनापति राजेन्द्र क्षेत्रीले नेपाली सेना फिल्डमा खटिईसकेको बताउँदै मौसमका कारण हेलिकप्टरबाट उद्दार गर्न नसकिए पनि सबै विमानस्थलमा तैनाथका साथ उद्दार टोली खटाईएको जानकारी गराएका थिए।

 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

आमा बन्दै प्रियंका

आमा बन्दै प्रियंका

अमेरिकी गायक निक जोनाससँग डेट गरिरहेकी बलिउड नायिका प्रियंका चोपडा आमा बन्ने भएकी छन् । उनी वास्तविक जीवनमा नभई निर्माण...

‘मै जस्तो भैरे’

‘मै जस्तो भैरे’

सहायक कलाकारका रुपमा फिल्मी करियर सुरु गरेका नायक दयाहाङ राईले प्रमुख भूमिकामा अभिनय गर्दासम्म विभिन्न चरित्र निर्वाह गरिसकेका छन् ।

राजकुमारी फकाउँदै सलोन र बिनोद

राजकुमारी फकाउँदै सलोन र बिनोद

राजपरिवारको झल्को दिने गरी फिल्म ‘सुश्री सम्पत्ति’को गीत ‘हुकुम’को छायांकन गरिएको छ । पत्रकार सुब्रतराज आचार्यको निर्देशनमा बनिरहेको फिल्मको गीतको...

रुसी थिएटरमा ‘हिचकी’

रुसी थिएटरमा ‘हिचकी’

गत मार्च २३ मा रिलिज बलिउड नायिका रानी मुखर्जीको फिल्म ‘हिच्की’को चर्चा अहिले पनि दर्शकमाझ उस्तै छ । ...