६ वैशाख २०८१ बिहीबार
समाज

९ किलो सुन सहित दुई पक्राउ

नुवाकोट- अबैध रुपमा लुकाईछिपाई ल्याएको करिव ९ किलो सुन सहित दुई जनालाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा रसुवा जिल्ला  उत्तरगया गाउँपालिका वडा नम्बर ५ का ३७ वर्षीय दिपक घले र पार्वतीकुण्ड गाउँपालिका वडा नम्बर ५ का २४ वर्षीय फूर्वा तामाङ रहेका छन्।

उनीहरुलाई नुवाकोटकको विदुर नगरपालिका वडा नम्बर १० गेर्खु सिमुटारबाट नुवाकोट प्रहरीले उनीहरुलाई  पक्राउ गरेको हो। खोजतलास गर्ने क्रममा घलेले चलाएको बा. ५५ प ८०६७ नम्बरको मोटरसाइकमा फल्स बटम बनाई लुकाई ल्याएको अवस्थामा एक एक किलो बराबरको ६ थान सुन भेटिएको हो। यस्तै बाइकको पछाडी बसेका तामाङको शरिरबाट झण्डै एक एक किलो बराबरकै तीन थान सुन भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक ऋषिराम कंडेलले बताए।

सुरुवातमा पक्राउ परेको स्थानबाट ६ किलो मात्र सुन बरामद गरिएको र उनीहरुलाई प्रहरी कार्यालयमा ल्याएर खोजतलासको क्रममा थप करिव ३ किलो सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। बरामद गरिएको सुनको मूल्य करिव साढे ४ करोड मूल्य बराबरको हुने अनुमान गरिएको छ।

शनिबार विहानको ५ बजेतिरै रसुवागढीबाट सुन लिएर आउदैछ भन्ने जानकारी प्रहरीलाई आएकाले विशेष सुराकीमा सुन समात्न सफल भएको  हो। अबैध रुपमा सुन नुवाकोट भित्राउन संलग्न अन्य पनि रहेको आसंकामा खोजी कार्य जारी रहेको छ। बरामद भएको सुनलाई भन्सारमा बुझाउने र पक्राउ परेकाहरुलाई सामाजिक मुद्दा चलाउने प्रहरी नायव उपरीक्षक कडेलले जानकारी दिएका छन्। “प्रारम्भिक अनुसन्धानमा उनीहरु पहिला पनि अबैध रुपमा सुन ओसारपसारमा संलग्न भएको भन्ने खुल्न आएको छ। त्यसबारेमा पनि थप अनुसन्धान भइरहेको छ,” कडेलले भने। 

 

 

 

 

प्रकाशित: २८ श्रावण २०७४ १३:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App