८ वैशाख २०८१ शनिबार
समाज

चितवनको माडीमा बाढीको प्रभाव, १६ घरमा क्षति

चितवन- लगातारको वर्षाका कारण खहरे खोलाहरुमा आएको बाढीका कारण चितवनको दक्षिण क्षेत्र माडीको जनजिवन प्रभावित भएको छ। चितपनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार बाढीले १६ घरमा पूर्ण क्षति भएको छ। तीन सय घरपरिवार प्रभावित भएका छन्। पुलहरु भत्किएका कारण यातायात अवरुद्ध छ। मानवीय क्षति भने नभएको भट्टले जानकारी दिए।

                पानी लगातार परेका कारण जोखिम कायमै छ। सावधानी अपनाउन स्थानीयलाई सजग बनाएको भट्टको भनाइ छ । शुक्रबार राति १० बजे आएको पानीका कारण मध्यरातमा ठुलो बाढी आएको माडी नगरपालिका वडा नं. १ बनकट्टाका यमबहादुर अधिकारीले बताए । माडीको वडा नं. २, ३ र ४ नम्बर वडामा क्षति भएको छ।

                चितइ खोला र डाँग्रे खोलामाथिको पुल भत्केका कारण ठोरी माडी भरतपुर हुँदै देशका विभिन्न ठाउँमा जाने गाडीहरु सञ्चालन हुन सकेका छैनन्। भित्रि बाटोहरुमा समेत गरेर १० वटा पुल भत्केको प्रमुख जिल्ला अधिकारी भट्टले जानकारी दिए। जोखिमा रहेका घरका वासिन्दालाई सुरक्षित स्थानमा राख्न थालिएको उनले बताए।

                माडी नगरपालिकाका मेयर ठाकुर ढकाल विवरण संकलन कायमै रहेका कारण क्षतिको अवस्था अझै बढ्न सक्ने बताउँछन् । प्रशारण लाइनमा समस्या आएका कारण माडीमा तीन हप्तादेखि विजुली बत्ती बलेको छैन । टेलिफोन टावरले पनि काम गर्न छाडेका कारण आधा माडीमा मोबाइल सम्पर्क बन्द छ। खाने पानीको मुहानमा पनि क्षति पुगेको छ।

प्रकाशित: २८ श्रावण २०७४ ११:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App