पहिरोले सडक बगाएपछि कोशी राजमार्ग अवरुद्ध

शनिबार, २८ साउन २०७४, १६ : ५९ रोहित राई

धरान- दुई दिनदेखिको अविरल बर्षासँगैको पहिरोले सडक भत्किएपछि कोशी राजमार्ग अवरुद्ध भएको छ। सडक अवरुद्ध भएसँगै कोशी पहाडी र तराईको जिल्ला सम्पर्क टुटेको छ।

                शनिबार बिहान करिब ४ बजेतिर धरान भेडेटार सडकखण्डमा पर्ने निसाने खोला नजिक पहिरोसँगै सडक बगेपछि कोशी राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि कोशी पहाडी जिल्लाको तराईसँगको सवारी सम्पर्क टुटेको छ । सडक भत्किएर मान्छे ओहोर दोहोर गर्न पनि सम्भव नभएपछि सवारीसाधान र यात्रुहरु अलपत्र परेका छन् । करिब डेढ बर्ष अघिदेखि नै सो स्थान जोखिमपुर्ण भएपनि सडक विभाग र उसको मातहतको कार्यालयले समयमै मर्मतसम्भारमा ध्यान नदिदा ठूलो क्षति हुन पुगेको भन्दै स्थानीय तहका जनप्रतिनिधि र सर्वसाधारणहरु भने आक्रोशित छन्। सडक डिभिजन कार्यालय विराटनगरले भने मर्मतको लागि ठेक्का लागेपनि बर्षातले काम गर्न नदिएको भन्दै पन्छिएको छ।

                संखुवासभाबाट इटहरी फर्कदै गरेका ना.७ ख. ११५८ नम्बरको ट्रक चालक हरि कटवालका अनुसार उनी बिहान ५ बजे आइपुग्दा पहिरोले सडक बगाइसकेको थियो। पोहोर सालमै सडकको आधा भाग पहिरोले लगेपनि सडक विभागले मर्मत नगर्दा अहिले सडक बन्द भएको भन्दै उनले आक्रोश पोखे । ‘यो अहिले भर्खर पहिरोले लगेको होइन, पोहोर साल आधा सडक खसिसकेको थियो, तर यहाँ खतराको संकेत मात्र राखियो । समयमै बनाउन ध्यान नदिदा आज पुरै बाटो गयो,’ चालक कटवालले भने,‘सडक विभागको लापरवाहीले गर्दा नै यो अवस्था भएको हो, किन समयमै बनाइएन ?’

                धरान १५ घर भएका यातायात व्यावसायी राजन खड्काले पनि ठूलो क्षति हुने जोखिम देख्दा देख्दै पनि सम्बन्धित निकाय(सडक विभाग)ले सडक नबनाउदा जनता, व्यावसायी, किसान सबैले दुःख पाएको बताए। ‘यो त एक, डेढ बर्षअघि नै आधा भत्किएको सडक थियो, अहिलेसम्म नबनाउनु भनेको लापरवाही नै हो। जनता, किसान, यातयात व्यावसायी सबै मारमा पर्यौं,’उनले भने। पहिरोले सडक बगाएको स्थानमा करिब डेढ बर्षअघि नै सडक आधा भासिएको थियो। सडक डिभिजन कार्यालयले दुवैतर्फ खतराको संकेत राखेर एकतर्फी आवागमन गराउनुबाहेक अन्य काम भने गरेको थिएन।

 

 

 

 








यसमा तपाईको मत

अन्य समाचार

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलको नयाँ आइफोन - आइफोन ११ को माग निकै उच्च रहेको छ ! ...

Ncell Footer Ad