coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बाढीले बगाउँदा झापामा २ को मृत्यु ८ वेपत्ता, ११ सय परिवार विस्थापित

झपा- झापामा बाढीका कारण २ जनाको मृत्यु भएको छ भने ११ सय ११ परिवार विस्थापित बनेका छन्। यस्तै बाढीमा ८ जना बेपत्ता छन्।

झपा गाउँपालिका २ मा कन्काई खोलाले बगाउँदा कमला घोर्साने र शिवसताक्सी नागरपालिका १ मा झिलझिले खोलाले बगाउँदा विजय पाण्डेको मृत्यु भएको हो।

कनकाईमाइ नदीमा आएको बाढीले मृतक घोर्सानेकी आमा, झापा गाउँपालिका २ कै कलिप्रसाद राजबंसी सहित परिवारका ४ जना, झावा गाउँपालिका ७ का टेकबहादुर दर्नाल, उनकी श्रीमति र बच्चालाई बगाउँदा बेपत्ता छन्।

बाढीका कारणा झापा गाउँपालिका, वारदसी गाउँपालिका, कचनकवल गाउँपालिका, मेची नगरपालिका, हल्दिवारी गाउँपालिका, शिवसताक्सी नगरपालिका, भद्रपुर नगरपालिका र गौरिगन्ज गाउँपालिकाबाट  ११ सय ११ परिवार विस्थापित भएका हुन्।

झापामा सबै भन्दा धेरै कनकाई नदीले क्षति पुर्‍याएको छ। विरिङ, कमल, निन्दा, मेची, रतुमावा, झिलझिले र  किष्णे खोला बस्तिमा पसेको छ।  

झापा गाउँपालिकामा सुरक्षाकर्मी उद्वारमा गए पनि बाढीका कारण केही गर्न सकेको छैन। अविरल बर्षा भइरहेका कारण थप समस्या परेको छ। झपामा विजुली, मोवाइल र इन्टरनेट सेवा समेत अवरुद्ध छ।

प्रकाशित: २८ श्रावण २०७४ १०:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App