coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बबई नदी बस्ती पस्यो, गुलरियासहित ४ नगरपालिका उच्च जोखिममा

बर्दिया- शनिबार बिहानदेखि उच्च बहाव रहेको बबई नदी बालापुर हुँदै बस्ती पसेको छ। बबई नदी बस्तीतिर सोझिएपछि सदरमुकाम गुलरिया उच्च जोखिममा परेको छ। नदी बस्ती पसेको खबरपछि गुलरिया बासी त्रस्त बनेका छन्।

घरमा रहेका सामाग्री सुरक्षित स्थान राख्न स्थानीय जुटेका छन्। बस्तीतिर नदी पसेको ठाउँ सदरमुकाम गुलरिया देखि ४ किलोमिटर दूरिमा छ। बबई नदी बालापुरबाट पसेको खबरले उच्च सर्तकता अपनाइको रेडक्रसका अध्यक्ष कृष्ण गौतमले जानकारी दिए।

उनका अनुसार नदीको सतह कम नभए गुलरिया, बारबर्दिया, ठाकुरबाबा र बाँसगढी नगरपालिका उच्च जोखिममा रहेको छ। बबई नदीको सतह बढ्नेक्रमसँगै बारबर्दिया, ठाकुरबा र बाँसगढीका १ सय ४६ घर परिवार विस्थापित भएको र १२ वटा घर पूर्णरुपमा क्षति भएको रेडक्रसले जनाएको छ।

०७१ साउन २८ गते बबई बालापुर र पन्डितपुरबाट नदी बस्ती पस्दा ठूलो जनधनको क्षति गरेको थियो। स्थानीय प्रशासन तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित क्षेत्रमा रहन आग्रह गरेको छ। सेना, प्रहरी र सशस्त्र प्रहरीको उद्धार टोली तटीय क्षेत्रमा खटाइएको छ।

 

 

 

प्रकाशित: २८ श्रावण २०७४ ०९:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App