७ वैशाख २०८१ शुक्रबार
राजनीति

देउवाद्वारा नेविसंघ महाधिवेशन निर्देशन समिति गठन

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा अनसनरत विद्यार्थी नेताहरु

काठमाडौं—नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा.प्रकाश शरण महतको संयोजकत्वमा नेपाल विद्यार्थी संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन गरेका छन्।

निर्देशन समितिले महाधिवेशनका सम्बन्धमा देखिएको विवाद सुल्झाएर १० वर्षदेखि हुन नसकेको महाधिवेशन गराउने अपेक्षा गरिएको छ।

५ वर्षअघि ६ महिनाभित्र महाधिवेशन गर्ने म्यान्डेडका साथ वर्तमान केन्द्रीय समिति तथा नेविसंघमा देखिएको विवाद समाधान गर्न ७ सदस्यीय कार्यदल गठन गरिएको थियो। कार्यदलले अपारदर्शी एवं प्रक्रियाविपरित प्रतिनिधि भागवण्डा गरेको भन्दै नेविसंघ पूर्व कोषाध्यक्ष कुन्दन काफ्ले सहितका ११ जना विद्यार्थी रिले अनसनमा छन्। हिजोदेखि उनीहरु अनसन बसेका हुन्।

६४ जिल्लामा भागवण्डा गरेर विवाद समाधान गरियो भनेर प्रचार गरिए पनि ती मध्ये ११ जिल्लामा विधि र विधानविपरित नेतृत्व स्थापित गर्न खोजिएको काफ्ले समूहको भनाइ छ। थप ११ जिल्लामा अहिलेसम्म अधिवेशन प्रक्रिया थालिएको छैन।

यसर्थ २२ जिल्लाको नेतृत्व र १६०० प्रतिनिधिको वैधानिकतामा प्रश्न उठेको अवस्थामा पार्टी सभापति देउवाले त्यसलाई सम्बोधन गर्ने उद्देश्यले निर्देशन समिति गठन गरेका हुन्।

'निर्देशन समितिले नेविसंघका सम्पूर्ण विवादलाई सम्बोधन गर्न सक्छ', अनसनरत कुन्दन काफ्लेले नागरिकन्युजसँग भने, 'हाम्रा सम्पूर्ण मागहरुलाई सम्बोधन गरेर सबैलाई एउटै बटमलाइन ल्याएर महाधिवेशन गर्न यो कदम सह्रानीय छ।'

प्रकाशित: १० श्रावण २०७३ १४:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App