५ वैशाख २०८१ बुधबार
समाज

विराटनगरमा भारी वर्षा, क्षति नियन्त्रण बाहिर

विराटनगर- शुक्रबार साँझदेखि सुरु भएको भारी वर्षा अझै थामिएको छैन। लगातारको वर्षाले पूर्वी नेपालमा हालसम्म १३ को मृत्यु भएको छ। कयौं बेपत्ता छन्। सयौं बिस्थापित भएका छन्। पूर्वी नेपालमा अहिले पनि भारी वर्षा भइरहेको छ।

लगातारको वर्षाले पूर्वी नेपालको जनजीवन अस्तव्यस्त बनेको छ। खोलको बाढी बाँध फुटाएर मानव बस्तीमा पस्दा सयौं सर्वसधारण बिस्थापित भएका छन्। पूर्व क्षेत्र प्रहरी कार्यालय, विराटनगरले लगातार भारी वर्षाले उद्धारमा समस्या भइरहेको छ। डिआइजी रमेश भट्टराईले लगातार परिरहेको भारी वर्षाले उद्दार गर्न मुश्किल परिरहेको बताए।

लगातार परिरहेको भारी वर्षाले बिद्युत, टेलिफोन र अन्य लाइफलाइन सेवा अवरुद्ध छ। उद्दार र राहतका लागि हेल्पलाइन नम्बरहरु समाजिक सञ्जालमा उपलब्ध गराइएपनि सेवामा देखिएको समस्याले ढिलाइ भइरहेको छ। डुवान क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न पनि लगातार परिरहेको भारी वर्षाले समस्या भइरहेको छ।

लगातार भइरहेको भारी वर्षाले पुर्‍याइरहेको जनधनको क्षति रोक्न गाह्रो भएको प्रहरीले जनाएको छ। निर्वाचित जनप्रतिनिधिहरुले समाजिक सञ्जालमा उद्धारका लागि सहयोग गर्न अपिल गरिरहेका छन्। ‘यो ठूलो प्राकृतिक संकट आइपरेको छ,’ मोरङ सुन्दरहरैंचा नगरपालिका मेयर शिवप्रसाद ढकालले भने, ‘सरकारले तुरुन्तै पहल गर्न जरुरी छ।’

 

 

प्रकाशित: २८ श्रावण २०७४ ०८:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App