coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गोरखाको मान्बु स्याम्चेत पहिरोको जोखिममा, ६६ धुरीले घरछाडे

गोरखा- आरुघाट गाउँपालिका वडा नम्बर १ को स्याम्चेत गाउँमाथिबाट पहिरो खसेपछि त्यहाँका स्थानीय बिस्थापित भएका छन्। मझङ सामुदायिक बनमाथिबाट लेदोसहितको पहिरो खसेपछि ६६ घर बिस्थापित भएको आरुघाट गाउँपालिका प्रमुख पूर्ण दाहालले बताए।

'केही दिनदेखि पानी परिरहेको छ, गाउँभन्दा तीन सय मिटरमाथि पहिरो बगेर आएको छ, स्थानीयले घर बस्न नसकेर सुरक्षित ठाउँमा सरेका छन्,' उनले भने। सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीय जनप्रतिनिधिले विस्थापित भएका स्थानीयलाई सुरक्षित आबासको ब्यवस्थापनमा सहयोग गरेको उनले टेलिफोनमा बताए।

स्थानीय भिम गुरुङले पहिरो गएपछि स्थानीयले घर छाडेपछि बिचल्ली भएको बताएका छन्। 'कोही आफन्तकोमा गएका छन्, कोही बसिरहेको घर, टहराबाट सामान सारेर अन्यत्र जोहोर गरेका छन्,' उनले भने। केहीदिन यता वर्षात भइरहेकाले थप पानी परेपछि पहिरोले गाउँ बगाउने भन्दै स्थानीय त्रसित छन्। पानी परेसँगै पहिरो पनि बगिरहेको स्थानीय बताउँछन्।

एक सय ५० धुरी रहेको स्यामचेत गाउँमा २०६६ सालमा पहिरो खसेको थियो। त्यसयता उक्त पहिरो रोकथाम गर्न थुप्रै प्रयास भएपनि अझै सम्भव हुन सकेको छैन। भूकम्पपछि पनि त्यहाँ पुगेका भूर्गवविधहरुले स्याम्चेत गाउँ भौगोलिक दृष्टिकोणले बस्न उपयुक्त नभएको र त्यहाँको बस्ती स्थानान्तरण गर्नुपर्ने बताएका थिए। तर अहिलेसम्म बस्ती स्थानान्तरण प्रक्रियाबारे स्थानीय बेखबर छन्। भूकम्पपछि सरकारी अनुदान लिएका स्थानीयले उपयुक्त ठाउँ नहुँदा घर बनाउन नपाएको पहिरो पीडित स्थानीय फूलमाया गुरुङले बताइन्।

पहिरोले घर बनाउने खतरा भएपछि उनी अहिले दुई सन्तानसहित माइती गएको टेलिफोनमा बताइन्। पहिरो बग्ने खतरा बढेसँगै स्थानीयले बस्ती छाडिसकेकाले कुनै क्षति भने नभएको गाउँपालिकाले जनाएको छ। गाउँपालिका प्रमुख दाहालले केही दिनभित्रै त्यहाँ पुगेर स्थायी बसोबासको लागि पहल गर्ने बताएका छन्।

प्रकाशित: २८ श्रावण २०७४ ०७:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App