७ वैशाख २०८१ शुक्रबार
समाज

छात्रावासमा बस्दै आएका छात्रको हत्या

कञ्चनपुर–कञ्चनपुरको भीमदत्तनगरपालिका– १८ कटानमा रहेको सिद्धनाथ विज्ञान क्याम्पसको छात्रावासमा बस्दै आएका अन्दाजी २३ वर्षीय छात्र डम्बर जाग्रीको शनिबार बिहान धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ। 

छात्राबासको स्टोर रुममा जाग्रीको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा बिहान ९ बजे शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक भरतबहादुर दाहालले बताए। 

हत्या के कति कारणले भयो, कसले ग¥यो भन्नेबारे अनुसन्धानको कार्य भइरहेको प्रहरी नायब उपरीक्षक दाहालले बताए। केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछको कार्य भइरहेको उनले बताए। रासस 

प्रकाशित: २८ श्रावण २०७४ ०७:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App