‘बुद्धिजम’ले नेपाल श्रीलंका सम्वन्ध अझै प्रगाण : प्रधानमन्त्री देउवा

शनिबार, २८ साउन २०७४, १२ : २० नागरिक

0


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र श्रीलंकाबीचको पुरानो सम्बन्ध अझै सुमधुर हुदै गहिरहेको बताएका छन्।
 
शनिबार विहान श्रीलंकाका परराष्ट्र राज्यमन्त्री वसन्त सेनानायकसँग भएको शिष्टाचार भेटमा प्रधानमन्त्री देउवाले ‘बुद्धिजम’ले पनि दुई देशबीचको सम्वन्धलाई थप प्रगाण बनाउदै लगेको बताएका हुन्। ‘नेपाल र श्रीलंकाबीच धेरै पुरानो सम्वन्ध छ, बुद्धको देश नेपाल भएकाले पनि श्रीलंकनहरुसँग हाम्रो आत्मियता छ । यसलाई अझै प्रगाण बनाउने गरी कनेक्टीभिटि बढाउनु पर्छ’ प्रधानमन्त्रीले भने, ‘नेपाल श्रीलंकासँगको सम्वन्ध अझै बढाउन चाहन्छ।’ 

प्रधानमन्त्रीले नेपालमा आएको भूकम्पको बेलामा श्रीलंकाले गरेको सहयोगको प्रशंसा पनि गरे। भेटमा नेपाल र श्रीलंकाबीचको व्यापार बृद्धिका विषयमा पनि छलफल भएको थियो। 

भेटमा श्रीलंकाका परराष्ट्र राज्यमन्त्री वसन्तले दुई देशबीच व्यापार र पर्यटनमा थप वृद्धि गर्नुपर्ने बताएका थिए। ‘ठूलो संख्यामा श्रीलंकनहरु नेपाल घुम्न आउँछन्’ उनले भने, ‘विषेशगरी लुम्विनीको लागि आउने संख्या निकै बढि छ, कनेक्टीभि बढाउने विषयमा दुई देशबीच सहकार्य आवश्यक छ।’

बसन्तले नेपालको संविधान यो क्षेत्र (रिजन)कै उत्कृष्ट संविधान भएको बताउँदै महिला र सिमान्तकृत समुदायको अधिकारमा निकै प्रगतिशित भएको पनि बताएका थिए। ‘महिला र सिमान्तकृत समुदायको अधिकारका विषयमा नेपालको संविधान यो क्षेत्रकै ‘मदर’ संविधान हो’ परराष्ट्र राज्यमन्त्री वसन्तले भने। 

परराष्ट्र राज्य मन्त्रीले प्रधानमन्त्री देउवालाई श्रीलंका भ्रमणको लागि पनि आग्रह गरे। ‘हाम्रो राष्ट्रपतिले तपाईलाई छिट्टै श्रीलंका भ्रमणको औपचारिक निम्तो पठाउदै हुनुहुन्छ’ बसन्तले भने ‘तपाई आउनुहुनेछ भन्ने हामीले आशा गरेका छौ ।’
उनले नेपालको राजनीतिक परिवर्तनबाट श्रीलंकाले पनि पाठ सिक्न सक्ने धारणा पनि राखेका थिए।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

आमा बन्दै प्रियंका

आमा बन्दै प्रियंका

अमेरिकी गायक निक जोनाससँग डेट गरिरहेकी बलिउड नायिका प्रियंका चोपडा आमा बन्ने भएकी छन् । उनी वास्तविक जीवनमा नभई निर्माण...

‘मै जस्तो भैरे’

‘मै जस्तो भैरे’

सहायक कलाकारका रुपमा फिल्मी करियर सुरु गरेका नायक दयाहाङ राईले प्रमुख भूमिकामा अभिनय गर्दासम्म विभिन्न चरित्र निर्वाह गरिसकेका छन् ।

राजकुमारी फकाउँदै सलोन र बिनोद

राजकुमारी फकाउँदै सलोन र बिनोद

राजपरिवारको झल्को दिने गरी फिल्म ‘सुश्री सम्पत्ति’को गीत ‘हुकुम’को छायांकन गरिएको छ । पत्रकार सुब्रतराज आचार्यको निर्देशनमा बनिरहेको फिल्मको गीतको...

रुसी थिएटरमा ‘हिचकी’

रुसी थिएटरमा ‘हिचकी’

गत मार्च २३ मा रिलिज बलिउड नायिका रानी मुखर्जीको फिल्म ‘हिच्की’को चर्चा अहिले पनि दर्शकमाझ उस्तै छ । ...