जुम्ली कालीमार्सी धान लोप हुँदै

शनिबार, २८ साउन २०७४, १० : ०४ डिबी बुढा

पत्रकार रत्नाकर देवकोटाले ‘कर्णाली खोजखबर’ पत्रिकामा  जुम्ली कालीमार्सी धानको उत्पति १२ आैँ शताब्दीमा भएको उल्लेख गरेका छन् । उनका अनुसार चन्दननाथ बाबाले छिमेकी देशबाट ल्याएको धानको बिउ तातोपानी गाउँपालिकाको गुरुफोक्टोमा परीक्षण गरेर जिल्लाभर विस्तार गरेका थिए । मार्सीधानको सफल परीक्षणपछि चन्दननाथ मन्दिरको शेरा ज्युलोमा खेती गरेर किसानलाई वितरण गरिएको थियो । अहिले पनि मार्सीधानको चामल चन्दननाथ मन्दिरमा सिक दिने प्रचलन छ । 

परापूर्वकालदेखि लगाइँदै आएको यो धान लोप हुने अवस्थामा छ । उत्पादन घटेपछि किसानले यो धान लगाउन छाडेका छन् । ब्लास्ट रोगको संक्रमण र असिना पानीले बढी झर्न थालेपछि जुम्ली कालीमार्सी धान खेतीमा किसानको आकर्षण घटेको कृषि प्राविधिक बताउँछन् । कुनै समय सिँजा र खलंगा लहलाउने गरेकोमा अहिले खेती हुन छाडेको छ ।  

यो धान शितोष्ण हावापानीको लागि उपयुक्त मानिँदै आएको छ । यहाँको स्थानीय हावापानी सुहाउँदो बीउ भएकोले मार्सीधान उत्पादनमा किसानलाई समस्या हुँदैनथ्यो । 

भारतबाट मानसरोवर जाने क्रममा चन्दननाथ बाबाले खलंगाको फाँटभरी ताल जमेको देखे । त्यसपछि ताललाई फुटाएर बस्ती बसाएको र मार्सीधान खेती थालेको किंवदन्ती छ । 

जुम्लाको धान खेतीले हुलाक स्थापना गर्न प्रेरणा दिइएको किम्बदन्ती छ । जुम्ली किसानले उत्पादन गरेको मार्सीधानको चामल तत्कालीन राजा रजौटालाई हुलाकबाटै पठाउन थालिएको थियो । प्रत्येक दिन चार माना मार्सीधानको चामल राजपरिवारमा जाने गरेको कृषि कार्यालय जुम्लाका योजना अधिकृत बालकराम देवकोटा बताउँछन् । उनले भने, ‘जुम्लाको पहिचान धान खेती नै हो । तर, रोग संक्रमणले यो बाली लोप हुन थालेको छ।’ 

यो धानबाली संसारको सबैभन्दा उच्च (२७ सय ९० मिटर ) स्थानमा फल्छ । कृषि कार्यालय, जुम्लाका अनुसार जिल्लामा १ हजार ३ सय हेक्टरमा कालीमार्सी खेती गरिन्छ । बर्सेनि उत्पादन क्षेत्रफल घटिरहेको कार्यालयले जनाएको छ । 
योजना अधिकृत देवकोटाका अनुसार खलंगामा प्रतिकेजी १ सय ५० रूपैयाँमा चामल बिक्री हुने गरेको छ । उनका अनुसार यो चामल काठमाडौं, सुर्खेत र बाँकेमा प्रतिकेजी दुई सय रूपैयाँमा बिक्री हुने गरेको छ। 
मन्दिरमा चढाउने, होम गर्न तथा अक्षता बनाउन यसको चामल प्रयोग गर्ने प्रचलन छ। 

जिल्ला कृषि अनुसन्धान केन्द्रले मार्सीधान संरक्षणका लागि अनुसन्धान थालेको छ । योजना अधिकृत देवकोटाले भने, ‘मार्सीधानसँग उन्नत जातको धान क्रस गराएर नयाँ प्रकारको धान सिफारिस गर्ने तयारी भइरहेको छ । प्रतिहेक्टर १५ क्विन्टल उत्पादन हुने मार्सीधान जिल्लाभर २ हजार ८० मेट्रिक टन उत्पादन हुन्छ । जसबाट १ हजार २ सय ४८ मेट्रिक टन चामल निस्कन्छ । 

भारतबाट मानसरोवार जाने क्रममा चन्दननाथ बाबाले खलंगाको फाँटभरी ताल जमेको देखे । त्यसपछि ताललाई फुटाएर बस्ती बसाएको र मार्सीधान खेती थालेको किम्बदन्ती छ । 
खेतियोग्य जमिन नासिनु, किसान तरकारी खेतीतर्फ आकर्षित हुनु र बसाइँसराइको क्रम बढ्नुले मार्सीधान संकटमा परेको हो । 

ब्लास्ट रोगको संक्रमण र असिना पानीले बढी झर्न थालेपछि जुम्ली कालीमार्सी धान खेतीमा किसानको आकर्षण घटेको कृषि प्राविधिक बताउँछन् । कुनै समय सिँजा र खलंगा लहलाउने गरेकोमा अहिले खेती हुन छाडेको छ ।  

जुम्लामा धानको इतिहास
जुम्लामा परापूर्वकालदेखि धान खेती हुँदै आएको बूढापाका बताउँछन् । सन् १३०० सालमा गुरु चन्दननाथ स्वामीले कालीमार्सी धान ल्याई साविकको तातोपानी गाविसका लछालकृति पैकलालाई तालिम दिई धान खेती विस्तार गरेको इतिहास छ । 

जंगली धान भएकाले काली मार्सी भनिएको स्थानीय पूर्णसिंह कठायत बताउँछन् । जुम्लामा धान खेती बेसी क्षेत्र (समुद्र सतहबाट २००० देखि २२०० मिटर) मध्य क्षेत्र (समुद्र सतहबाट २२०० देखि २८०० मिटर) र उच्च क्षेत्र (समुद्र सतहबाट २८०० देखि ३०५० मिटर) मा हुने गरेको छ । 

विकल्प खोज्दै किसान 
केही वर्षअघिसम्म चन्दननाथ नगरपालिका–७ का लक्षिराम महत जुम्ली कालीमार्सी धान लगाउथे । अहिले भने उनी उन्नत जातको खेती गर्छन् । कालीमार्सीमा ब्लास्ट रोगको संक्रमण देखिएपछि विकल्पमा उनले उन्नत जातको धान लगाएका हुन् । कृषि अनुसन्धान केन्द्र, जुम्लाले चन्दननाथ १ र चन्दननाथ ३ जातको धान सिफारिस गरेयता उनले उन्नत जातको धान खेती गर्दै आएका हुन् । 

पछिल्लो समय जिल्लाका अधिकांस किसानले उन्नत जातकै धान खेती गर्दै आएका छन् । उन्नत जातको यो धान स्वादिलो, असिनाले बाली झार्न नसक्ने, बोट होचो र उत्पादन धेरै भएकाले किसानको रोजाइमा परेको लक्षिराम बताउँछन् । भन्छन्, ‘यो धान अहिलेको जलवायु सुहाउँदो छ ।’ जुम्ली मार्सीझैँ डायट पनि उत्तिकै स्वादिलो रहेको किसान महत बताउँछन्।  

कालिमार्सीको तुलनामा उन्नत जातको धानले उत्पादन बढी हुने भएकोले उन्नत जातको धान किसानको रोजाइमा परेको उनको भनाइ छ । उनले सात रोपनी खेतमध्ये १ मुरीमा मात्रै कालीमार्सी रोपेका छन् । धानबाली लोप हुन नदिन रोपेको उनको भनाइ छ। 

केही वर्षअघिसम्म खेतैभरी देखिने कालीमार्सी धान अहिले स–साना फोक्टोमा सीमित भएको स्थानीय पूर्णसिंह कठायत बताउँछन् । उत्पादन घटेपछि किसानले कालीमार्सी लगाउन छाडेको उनको भनाइ छ । 
२०५२ सालतिर कालीमार्सीमा ढुसीबाट लाग्ने ब्लास्ट रोगको संक्रमण देखियो । त्यसयता बर्सेनि धानबालीमा यो रोगको संक्रमण देखिने गरेको स्थानीय जानकार बताउँछन्। 

ऋार्थिक वर्ष २०७०/७१ मा असिना पानीका कारण सिँजा, तातोपानी तथा चन्दननाथका केही क्षेत्रमा ७० प्रतिशतसम्म क्षति गरेको कृषि विकास कार्यालय, जुम्लाले जनाएको छ । कार्यालयका अनुसार सो वर्ष जिल्लाभर दुई करोड रूपैयाँ बराबरको धानबालीमा क्षति पुगेको थियो।

यो धानबालीमा ब्लास्ट रोगको संक्रमण मात्र होइन, असिनाबाट पनि ठूलो क्षति हुने गरेको कृषि प्रसार अधिकृत धनबहादुर कठायत बताए । रोग संक्रमण र असिना पानीबाट बढी क्षति हुन थालेपछि किसानले उन्नत जातको धान खेती गर्न थालेको उनी बताउँछन्। 

बीउ उपचार गर्दा ढुसी मर्ने कृषि प्राविधिक बताउँछन् । ब्लास्ट रोग संक्रमण भएपछि नुन पानी र विषादी छर्केर ढुसी मार्न सकिने प्राविधिकको सुझाव छ। 

उनीहरूका अनुसार पाँच लिटर पानीमा मिसाइएको पाँच सय ग्राम नुन एक पाथी धानमा मिसाउने । त्यसपछि पानीमा तैरिएको बीउ फाल्ने । करिव १० देखि १५ मिनेटसम्म धान चलाउँदै जाने र तैरिएको बीउ फाल्ने । यसले धानमा ढुसी संक्रमण नियन्त्रण गर्न सकिने अनुसन्धान केन्द्र प्रमुख रामचन्द्रिका प्रसादले बताए। 

धान खेतीको क्यालेण्डर
जुम्लामा चैत ८ गते बीउ केलाउने, १२ गते भिजाउने, १६ गते सुकाउने र २० गते ब्याडमा छर्ने प्रचलन छ । त्यसपछि जेठ १ गते रोपाइँ गर्ने, असारमा पहिलो गोडाइ गर्ने र २० दिनपछि दोस्रो गोडाइ गर्ने गरिन्छ । सो धानबाली कात्तिक पहिलो साता काट्ने प्रचलन छ। 







यसमा तपाईको मत

अन्य समाचार

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

नेपाल र भारतको खाद्य प्रयोगशालाको परीक्षण प्रतिवेदनलाई दुबै देशले मान्यता दिने सहमति गरेका छन्। ...

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

मोबाइल एप रिचार्जरले मोबाइल एपको नयाँ भर्सन सार्वजनिक गरेको छ। ...

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार यो साता पनि ओरालो लागेको छ । ...

पालुङ बजारमा सिन्धु विकास बैंक

पालुङ बजारमा सिन्धु विकास बैंक

सिन्धु विकास बैंकले मकवानपुरको पालुङ बजारमा शाखा विस्तार गरेको छ । ...

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सले ललितपुरको ग्वार्कोमा शाखा र काठमाडौंको जोरपाटीस्थित स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाको भवनमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

स्वस्तिमा खड्का र प्रदीप खड्कालाई टिभिएस एनटर्क १२५ को ब्रान्ड एम्बेसेडर अनुमोदन गरेको छ । ...

एन्ड्रोइडको नयाँ लोगो, एन्ड्रोइडमा मिठाइको नामहरू प्रयोग नहुने !

एन्ड्रोइडको नयाँ लोगो, एन्ड्रोइडमा मिठाइको नामहरू प्रयोग नहुने !

गुगलले एन्ड्रोइडको नयाँ लोगो सार्वजनिक गरेको छ ! ...

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सामसङ इलेक्ट्रोनिक्सले आफ्ना मातहत अन्तर्गत सञ्चालित विभिन्न CSR परियोजना मध्ये सामसङ (दक्षिण कोरिया) ले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २...

Ncell Footer Ad