coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

बाढी पीडितबारे प्रधानमन्त्री र सहरीमन्त्रीबीच वार्ता

काठमाडौँ – सहरी विकास मन्त्री प्रभु साहले तत्कालै तराईका बाढी पीडितहरूलाई उद्धार र राहत वितरण गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् । केहीदिन यता परेको अविरल वर्षा कारण तराईका ग्रामिण क्षेत्रहरू अति प्रभावित भएकाले उनले उक्त छलफल गरेका हुन्। 

ग्रामिण क्षेत्रहरु सबै अति प्रभावित भएको र धनजनको क्षति पनि बढ्दै गएपछि उक्त आग्रह गरेका हुन् । ‘अहिलेको अविरल वर्षाका कारणले तराईमा धेरै क्षेत्र डुबानमा परेको छ, धनजनको क्षतिमा वृद्धि भएप्छि प्रधानमन्त्रीसँग उक्त सल्लाह गरेको हौं । डुबानमा परेकालाई तत्काल उद्धार गर्न र धनजनको क्षति भएकालाई राहत उपलब्ध गराउने बारेमा सल्लाह भएको छ’ मन्त्री शाहले भने, ‘विषयको गम्भीरतालाई बुझेर प्रधानमन्त्री देउवा समेत यसमा गम्भीर हुनुभएको छ ।’ 

पछिल्लो तीनदिन देखि परेको अविरल वर्षाका कारण सप्तरीको तिलाठीसहित तराईका अधिकांश भूभाग डुबानमा परेका छन् । ग्रामिण इलाकामा बनेका फुसका घरहरु पानीले गलेर ढलेका छन् भने डुबानमा परेका कारण सर्वसाधारणको विचल्ली भएको छ । विचल्ली परेका परिवारलाई राहत र डुबानमा परेकालाई तत्काल उद्धार गर्ने बारेमा प्रधानमन्त्री देउवा र सहरीमन्त्री शााहबीच उक्त छलफल भएको हो । 

उक्त क्षेत्रमा उद्धारका लागि आजै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी सहित अन्य राष्ट्रसेवक कर्मचारीहरुलाई तत्कालै खटाउने निर्देशन प्रधानमन्त्रीले दिएका छन् । 

 

प्रकाशित: २८ श्रावण २०७४ ०३:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App