६ वैशाख २०८१ बिहीबार
अर्थ

नेपाल टेलिकमको साझेदार बन्न जापानको केडिडीआइ इच्छुक

सञ्चारमन्त्री मोहनबहादुर बस्नेतसँग भेटघाट गर्दै नेपालका लागि जापानका राजदूत मासासी ओगावा। तस्विरः रासस

काठमाडौं—सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतसँग नेपालका राजदूत मासासी ओगावाले आज सूचना तथा सञ्चार मन्त्रालयमा भेटी नेपाल टेलिकमको विकास र विस्तारका लागि रणनीतिक साझेदारी गर्न तयार रहेको जानकारी दिएको छ।

दूरसञ्चार क्षेत्रमा विश्वप्रख्यात जापानको दूरसञ्चार प्रदायक कम्पनी केडिडीआइले नेपाल टेलिकमसँग साझेदारीका लागि इच्छा व्यक्त गरेको सो अवसरमा जानकारी गराइएको थियो।

सो अवसरमा उनीहरुबीच नेपाल–जापानबीचको सम्बन्ध, आपसी हित र सहयोगका विविध विषयका साथै दूरसञ्चारका क्षेत्रमा केन्द्रित रहेर कुराकानी भएको सूचना तथा सञ्चारमन्त्री बस्नेतले जानकारी दिए। सरकारले नेपाल टेलिकमको सेवालाई अझ प्रविधियुक्त र गुणस्तरीय बनाउने सन्दर्भमा केही वर्षदेखि उपयुक्त साझेदारको खोजी गर्दै आएको छ।

दूरसञ्चार क्षेत्रमा विश्वप्रख्यात जापानको दूरसञ्चार प्रदायक कम्पनी केडिडीआइले नेपाल टेलिकमसँग साझेदारीका लागि इच्छा व्यक्त गरेको सो अवसरमा जानकारी गराइएको थियो।

सो अवसरमा मन्त्री बस्नेतले हाम्रा कतिपय गाउँमा अझै टेलिफोन सेवा नपुगेको तथा पुगेका ठाउँमा पनि गुणस्तरीय सेवा दिन नसकिएको अवस्था रहेको जनाउँदै साझेदारी गर्ने विषयमा नियम कानूनका आधारमा अघि बढ्न सकिने जवाफ दिएका थिए।

साझेदारी गर्दा नेपालले धेरै फाइदा लिन सक्ने हिसाबले कानूनसम्मत ढंगबाट छलफलका आधारमा मात्र साझेदारीको गृहकार्यलाई अघि बढाइने जानकारी दिँदै मन्त्री बस्नेतले भने, 'नेपाल टेलिकमलाई प्रविधियुक्त तुल्याउन आवश्यक ध्यान दिइने छ।'

नेपालको शासन पद्धतिअन्तर्गत भएका निर्वाचन तथा मुलुकको आर्थिक समृद्धिका लागि जापानबाट हुँदै आएको तथा आगामी दिनमा हुन सक्ने सहयोगका क्षेत्रबारे पनि उनीहरुबीच छलफल भएको थियो।


सन् १९५६ मा दुवै देशबीच दौत्यसम्बन्ध कायम भएको हो। नेपाल र जापानबीचको सम्बन्ध अत्यन्तै घनिष्ठ र सुमधुर छ। जापान नेपालको मुख्य विकास साझेदार मुलुक हो। जापानले नेपालका सूचना तथा सञ्चार, भौतिक पूर्वाधार, खेलकुद, वातावरण संरक्षणजस्ता क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको छ।

प्रकाशित: २७ श्रावण २०७४ १४:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App