७ वैशाख २०८१ शुक्रबार
समाज

एक महिनादेखि घर नआएपछि परिवार चिन्तामा

तेह्रथुम- म्याङलुङ नगरपालिका वडानम्बर १० तम्फुला बस्ने बर्ष ३० की सरिता खड्का १ महिना अघि देखि घर नर्फकिए पछि उनका परिवार चिन्तीत भएका छन्। बिराटनगरमा छोरीको उपचारका लागि जाने भनेर गत असार २६ गते घरबाट निस्कीएकी सरिता अझै सम्म घर नफर्किए पछि उनका परिवार चिन्तामा परेका हुन्।

 ८ वर्षिया छोरी सहित एक महिना देखि सम्पर्क बिहिन भएकी बुहारीको घरमा नआए पछि खोजी गरिदिन प्रहरीमा समेत उजुरी दिएको ससुरा हर्क बहादुर खड्काले जानककारी दिए। उनका अनुसार बुहारी घर नआएको १ महिना भई सक्यो सबै आफन्तकोमा खोजी गरियो अहिले सम्म भेटिएकी छैनन्।

घरबाट छोरीको उपचारका लागि बिराटनगर गएकी सरिता असार २५ गते घरमा आएको भोली पल्ट फेरी उपचारका लागि बोलाएका छन् भन्दै छोरी सहित घरबाट बिराटनगर  जाने भन्दै हिडेकी थिईन्। सरिताको पति यज्ञ बहादुर खड्का बिगत ५ बर्ष देखि मलेसियामारहदै आएका छन्। सरिताको जेठी छोरी १४ वर्षिकी र छोरा १० बर्षका भएका छन्।

 

प्रकाशित: २७ श्रावण २०७४ १४:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App