coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

जिल्ला समन्वय समिति रसुवामा एमाले प्यानल विजयी

जिल्ला समन्वय समिति रसुवाका नवनिर्वाचित जनप्रतिनिधि मुख्य निर्वाचन अधिकृत राजाराम उप्रेतीसँग सपथ ग्रहण गर्दै।

रसुवा— जिल्ला समन्यव समिति रसुवामा नेकपा एमाले प्यानल विजयी भएको छ। समन्वय समितिको प्रमुख, उपप्रमुख लगायत अन्य सात जना सदस्य पदमा एमाले निर्विरोध चुनिएको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार साउन २१ मनोनयनपत्र दर्ताको दिन नेकपा एमालेले मात्र मनोनयन पत्र दर्ता गरेको थियो।
प्रमुखमा कुलप्रसाद भट्ट, उपप्रमुखमा छोपेमा तामाङ तथा सदस्यहरुमा शुसिला तामाङ, नुर्बु छिरिङ तामाङ, तेम्बा ग्याल्बो घले, चित्र कुमारी भट्ट, अजुर्न प्रसाद पौडेल, शारदा देवि गुरूङ र कृष्ण प्रसाद सुवेदी निर्विरोध चयन भएका हुन्।

पाँच गाउँपालिका रहेको रसुवामा पहिलो चरणको स्थानीय तहको निर्वाचनमा दुई प्रमुख सहित ७ जना एमालेका प्रमुख तथा उपप्रमुख चुनिएका थिए। नेपाली कांग्रेसले दुई प्रमुख र नयाँ शक्ति पार्टी नेपालले एक स्थानमा प्रमुखमा जीत हासिल गरेको थियो। समितिमा निर्वाचित जनप्रतिनिधिलाई मुख्य निर्वाचन अधिकृत राजाराम उप्रेती अाजै सपथ गराएका छन्।

प्रकाशित: २७ श्रावण २०७४ १४:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App