coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

एमाले र लोकतान्त्रिक फोरमको गठबन्धन विजयी

धनगढी—जिल्ला समन्वय समिति कैलालीमा नेकपा (एमाले) र नेपाल लोकतान्त्रिक फोरमको गठबन्धन निर्विरोध निर्वाचित भएको छ। मुख्य निर्वाचन अधिकृत धनसिं महराले जिल्ला समन्वय समितिको अध्यक्षमा नेकपा (एमाले)का सूर्यबहादुर थापा र उपाध्यक्षमा एमालेकै सुन्दरीदेवी चौधरी निर्विरोध निर्वाचित हुनु भएको जानकारी दिए। भदौ १ गतेका लागि निर्वाचनको मिति तोकिए पनि निर्विरोध भएकाले आजै विजयी घोषणा गरिएको हो।

यसैगरी एमालेबाट लालित साउद, टेकबहादुर बुढा, मालती सार्की, देवी भण्डारी समन्वय समितिको सदस्यमा निर्वाचित भएका छन्। नौ सदस्य समन्वय समितिमा नेपाल लोकतान्त्रिक फोरमबाट विष्णु चौधरी, राजकुमार महतो र मिनादेवी चौधरी निर्वाचित भएका छन्।

जिल्ला समन्वय समितिको चयनका लागि आज मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको थियो । एमाले र लोकतान्त्रिक फोरमको गठबन्धनको मात्र उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन्।

तेह्रवटा स्थानीय तह रहेको कैलालीमा हालै सम्पन्न स्थानीय तह निर्वाचनमा एमाले सात, नेपाली कांग्रेस तीन, नेकपा (माओवादी केन्द्र) दुई र नेपाल लोकतान्त्रिक फोरम एक तहमा विजयी भएका थिए। रासस

प्रकाशित: २७ श्रावण २०७४ १४:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App