coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

माधवकुमार नेपालसहितका नेताहरु उत्तर कोरिया प्रस्थान

माधवकुमार नेपाल। फाइल तस्विर

काठमाडौं—नेकपा (एमाले)का नेता माधवकुमार नेपाल आज शुक्रबार प्रजातान्त्रिक जनगणतन्त्र कोरिया प्रस्थान गरेका छन्। प्रजग कोरिया सरकारको निमन्त्रणामा पूर्वप्रधानमन्त्री नेपाल अपराह्न त्यसतर्फ प्रस्थान गर्नुभएको उहाँका स्वकीय सचिव नितेश पौडेलले जानकारी दिए।

‘इन्टरनेशनल फेस्टिभल इन प्रेज अफ ग्रेट पर्सन्स अफ माउन्ट पेक्तु’ नामक कार्यक्रममा सहभागी हुन नेपाल सांसदहरुको नेतृत्व गर्दै गएका हुन्।
 

टोलीमा नेकपा(माओवादी केन्द्र)का हरिबोल गजुरेल, नेपाल परिवार दलका एकनाथ ढकाललगायत सांसद छन्। टोली एक सातापछि स्वदेश फर्कने छ।

जापान, अमेरिकासहितका मुलुक नेपालका शीर्ष नेताहरुको उच्चस्तरीय भ्रमणबाट सन्तुष्ट छैनन्। पछिल्लो समय एक जापानी मन्त्रीले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरी उत्तर कोरियासँगको सम्बन्धबारे स्पष्ट हुन आग्रह गरेका थिए। उत्तर कोरियाले अमेरिकामाथि आक्रमण गर्ने चेतावनी दिएर विश्वभरि तनाब उत्पन्न गराइरहेको अवस्थामा नेपाली नेताहरु पेङयाङको भ्रमणमा निस्किएका हुन्।

प्रकाशित: २७ श्रावण २०७४ १४:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App