भगिश्वर लिम्बू
तेह्रथुम- राष्ट्रिय सेवादलले तेह्रथुम जिल्लाका ३६ जना विद्यार्थीलाई एनसिसि जुनियर सिनियर तालिम दिन सुरु गरेको छ। जिल्ला विकास समितीको सभाहलमा औपचारीक रुपमा तालिमको उद्धघाटन गरेर सोमबार देखि १ सय दिने तालिम दिन सुरु गरेको हो।
म्याङलुङमा रहेको सिंहबाहिनी माबीका १८ जना छात्र र १८ जना छात्रालाई १ सय दिने तालिममा सहभागी गराएको जानकारी गराएको छ। तालिमको पहिलो दिनमा विद्यार्थीका अभिभावकहरुलाई समेत बोलाई विद्यार्थीहरुलाई चुस्ता लगाउन लगाएर तालिमको सुरु गरेको ईन्द्रदल गूल्मका सेनानी संजय कुमार खत्रीले बताए।
युवामा ब्यक्तितव विकास तथा क्षमता अभिबृद्धी गरि विभिन्न समयमा आउने विपद्का बेला सहयोग गर्ने उदेश्यले जिल्लाका ३६ जना विद्यार्थीहरुलाई तालिममा सहभागी गराईएको ईन्द्रदल गूल्मका सेनानी खत्रीले बताए । सिंहबाहीनी उच्च माविमा कक्षा ८ देखि ९ मा अध्ययनरत विद्यार्थीहरुलाई एनसिसि जुनियर सिनियर तालिम दिन सुरु गरे पछि विद्यार्थीका अबिभावकहरु समेत खुसी भएका छन्।
७९ दिनको पहिलो तालिम पुर गरे पछि तालिममा सहभागी विद्यार्थीहरुलाई मोरङको याङसीलामा २१ दिने तालिममा सहभागी गराईने छ। तालिममा विद्यार्थीहरुलाई शारिरिक तालिम , सैनिक ज्ञान , विपद ब्याबस्थापन, पर्शनालिटी डेभलपमेन्ट र सास्कृतीक प्रतियोगीता सम्बन्धी ज्ञान दिईने छ । एनसिसि जुनियर सिनियर तालिम पूर्वका बिभिन्न जिल्लामा सञ्चालन भैरहेको छ।
प्रकाशित: १० श्रावण २०७३ १३:२४ सोमबार