८ वैशाख २०८१ शनिबार
राजनीति

संसदमा बहस: फेवा ताल नेपालको गहना हो

काठमाडौं—फेवा ताल अतिक्रमण गरी संरचना निर्माण गरेको विषयले संसद प्रवेश पाएको छ। शुक्रबार संसद बैठकलाई सम्बोधन गर्दै कास्कीका सांसद चुणामणि विक जंगललीले फेवा ताल अतिक्रमण जारी रहे छिटै लोप हुने खतरा रहेको बताए। जंगलीले संसदमा व्यक्त गरेको भनाइ:

हाम्रो देश पर्यटकीय हिसाबले अत्यन्त सुन्दर मुलुक हो। फेवा ताल हामी सबै नेपालीको मुटु हो र नेपालको गहना हो। फेवा तालको १६ सय ९२ रोपनी जग्गा माफियाहरुले अतिक्रमण गरेका छन्। तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई सरकारले विश्वप्रकाश लामिछानेले संयोजकत्वम यस्तो प्रतिवेदन बुझाइसकिएको छ।

प्रतिवेदनमा उल्लेख भएको १६ सय ९२ रोपनी जग्गा भूमाफियाहरुले आफ्नो नाममा लालपूर्जा बनाएका छन्। मैले त्यहिँनर आपत्ति जनाउन खोजेको हो। वास्तवमा भन्ने हो २०१८ सालमा फेवा ताल २२ हजार रोपनीमा फैलिएको थियो। अहिले जम्मा ४.२० वर्गकिलोमिटरमा खुम्चिएको छ। यसरी नै छोड्दिने हो भने १०० वर्ष पछाडि यो लोप हुने खतरा छ।अहिले फेवा तालमा दैनिक १४० घनमिटर ढुंगा,मुढा मिसिन्छ प्लाष्टिक दाउरा मुडा आएर मिसिन्छ। संरक्षणका लागि त्यहाँ चेक ड्यामको व्यवस्था  छैन।

फेवा तालको जग्गा निरन्तर अतिक्रमण भइरहेछ। यही स्थिति रही रहने हो भने अब हाम्रो पोखरा र नेपालको गहना हामीले केही वर्षमा गुमाउनेछौं। 

आफूलाई पर्यटन व्यवसायी भन्ने कर्ण शाक्यले फेवा तालको संरक्षणभित्र रहेको जग्गा अतिक्रमण गरेर रिसोर्ट बनाएका छन्। आफ्नो व्यवसाय सञ्चालन गरिरहेका छन्। हामीले त्यसलाई हटाउन सकिरहेका छैनौं। फेवाको जग्गा अतिक्रमण गर्ने क्रम निरन्तर जारी छ। राज्य मुकदर्शक बनिरहेको छ। म सरकार र सम्बन्धित मन्त्रालयहरु शहरी विकास मन्त्रालय, पर्यटन मन्त्रालयल अतिक्रमण रोक्न आग्रह गर्दछु। फेवा ताल संरक्षण गरियोस्। व्यक्तिले अतिक्रमण गरेको फेवा तालको जग्गा फिर्ता गराइयोस्।

हाम्रो देश पर्यटकीय महत्वको देश हो। पर्यटक भित्र्याउन फेवा तालको भूमिका महत्वपूर्ण छ। हामीले पर्यटन उद्योगलाई बचाइ राख्न पनि फेवा ताललाई संरक्षण गर्नैपर्छ। सरकार माफियाहरुसँग मिलेर टुलुटुलु हेरेर बसिरहनु दुर्भाग्यपूर्ण छ।

प्रकाशित: २७ श्रावण २०७४ ११:४६ शुक्रबार

संसदमा बहस फेवा ताल नेपालको गहना हो