१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सर्वोच्चद्वारा चुडामणि शर्मालाई थुना मुक्त गर्न आदेश

काठमाडौं- आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मा सर्वोच्चको आदेमा थुनामुक्त भएका छन्। बन्दि प्रत्यक्षिकरणाको रिटमा सर्वोच्चको पूर्ण इजालशले शर्मालाई थुनामुक्त गर्न आदेश गरेको हो। उनी थुनामुक्त भए पनि उनी विरुद्धको सुनुवाई जारी रहने छ।

अख्तियार दूरुपयोग अनुसन्धान आयोगले शर्माले १० अर्ब २ करोड १७ लाख भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो। विशेष अदालतमा चलेको कारबाही उतै फिर्ता हुने गरी अहिलेलाई सर्वोच्च अदालतलले शर्मालाई थुनामुक्त गरेको हो। शर्माकी श्रीमती कल्पना उप्रेतीले बन्दी प्रत्यक्षिकरणाको रिट दायर गरेकी थिइन्।

कर फर्स्योट आयोगका अध्यक्ष लुम्बध्व महत, सदस्य उमेश ढकाल तथा सदस्य सचिव शर्माले ९ अर्ब ५४ करोड ६१ लाख रुपैयाँमा सम्झौता गरी ३० अर्ब ५२ करोड ५८ लाख राजश्व मिनाहा गराएको भन्दै सोही विषयमाथि अनुसन्धान गर्दै अख्तियारले १८ जेठमा आन्तरिक राजस्व विभागका महानिर्देशक शर्मालाई कार्यालयबाट पक्राउ गरेको थियो।

 

प्रकाशित: २७ श्रावण २०७४ १०:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App