उत्तर कोरियाप्रति अमेरिका लचक, कूटनीतिक पहल खोजिँदै

शुक्रबार, २७ साउन २०७४, १६ : २७ नागरिक

न्युयोर्क- अमेरिकाले उत्तर कोरियासँगको विवाद समाधान गर्न अझै कूटनीतिक पहल गरिरहेको जनाएको छ । रक्षा सचिव जेम्स म्याटिस्ले अमेरिकाले अझै कूटनीतिक पहल गरिरहेको बताएका छन् । सम्बन्ध सुधारका लागि विनाशकारीभन्दा कूटनीतिक बाटो अपनाउनुमै विश्वको भलाई रहेको म्याटिस्को दाबी  छ । 

उत्तर कोरियाले भने अमेरिकी सैनिक अखडा गुआमलाई निशाना बनाएर क्षेप्यास्त्र प्रहार गर्ने चेतावनी दिएको थियो । उत्तर कोरियालाई जवाफ दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व नै हल्लाउने प्रहार गर्ने बताएका थिए । 
राष्ट्रपति ट्रम्पले उत्तर कोरियाले अमेरिकासँग बदलाको भावना राखे उसले ठूलै अत्यासपूर्ण स्थितिको सामना गनुपर्ने बताएका थिए । 
उत्तर कोरियाले अन्तर महादेशीय व्यालेस्टिक मिसाइल परीक्षण गरेपश्चात् गत जुनदेखि दुई देशबीचको सम्बन्ध थप चुनौतीपूर्ण बनेको छ । 
अमेरिकाको आग्रहमा संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि आर्थिक नाकाबन्दी लगाइसकेको छ । अमेरिकाले संयुक्त राष्ट्रसंघको मूल्यमान्यताको पालना र विश्व शान्तिमा खलल् पर्न नदिनका लागि अझै पनि कूटनीतिक तवरबाट समाधानको बाटो खोज्न चाहेको म्याटिस्ले अमेरिकाको क्यालिफोर्निया राज्यमा आयोजित एक कार्यक्रममा बताए । 
अमेरिकाले उत्तर कोरिया भ्रमणका लागि आफ्ना नागरिकहरूमाथि बन्देज लगाइसकेको छ । 
 





यसमा तपाईको मत

अन्य समाचार

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

Ncell Footer Ad