coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दोक्लम विवादबारे चीनले भन्यो- 'जुनसुकै मूल्य चुकाउन तयार छौं'

बेइजिङ– देशको सार्वभौमसत्ता जोगाउनका लागि चिनियाँ सेना जुनुसुकै मूल्य चुकाउन तयार रहेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । दोक्लम विवाद समाधानका लागि चीन सरकारले देशको हितलाई ध्यानमा राखेरमात्र भारतीय पक्षसँग वार्ता गर्ने विदेश मन्त्रालयद्वारा विज्ञप्तीमा उल्लखे छ।  
दोक्लम क्षेत्रबारे भारतीय सञ्चार माध्यमले झुठा र सनसनी मच्याउने खालको रिपोर्ट तयार पारेको बताउँदै मन्त्रालयका प्रवक्ता देशको सीमा रक्षाका लागि चिनियाँ सेनाले जस्तोसुकै परिस्थितिको सामना गर्ने पिपल्स डेलीमा उल्लेख छ । 
भारतीय मिडियाले सनसनीपूर्ण र गलत समाचार प्रसारण गरेको सीमा क्षेत्र विशेषज्ञ सन् ह्वगियाङको समेत दाबी छ । चिनियाँ सैनिकहरू देशको सार्वभौमिकता रक्षाका लागि लड्न सक्षम भएको राष्ट्रपति सी जिङपिङले यसअघि नै बताइसकेका छन् । उनले चिनियाँ सेनालाई कम्युनिष्ट पार्टी अफ चाइनाको निर्देशन अनुसारका कार्य गर्न निर्देशनसमेत दिएका छन् ।
देशको सम्प्रभुता र सुरक्षासँग सम्झौता हुने खालका कुनै पनि कार्य चिनियाँ सैनिकले नगर्ने उनको दाबी छ । 

प्रकाशित: २७ श्रावण २०७४ १०:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App