coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

चुनाव जित्न तीन ठूला दलले सत्ता र शक्तिको दुरुप्रयोग गर्दै : यादव

सप्तरी- संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले २ नं प्रदेशमा स्थानीय निकायको निर्वाचनमा बढी बहुमत ल्याउन र आफ्नो बाहुल्यता बढाउन तीन ठूला दलले सत्ता र शक्तिको दुरुप्रयोग गरिरेहेको आरोप लगाएका छन्।

कार्यकर्ता प्रशिक्षण, पार्टी प्रवेश र भेटघाटको सिलसिलामा राजविराज आएका उनले पत्रकार सम्मेलनमा तीन ठूला दलले तेस्रो चरणको निर्वाचनमा प्रदेश नं. २ मा घेराबन्दी गरी निर्वाचन गराउन लागिएको बताए। 

अध्यक्ष यादवले तीन ठूला दलले प्रदेश नम्बर २ मा सत्ता शक्तिको जति दुरुपयोग गरे पनि अब हुने स्थानीय निर्वाचनमा आफ्नो पार्टी पहिलो स्थानमा रहने दाबी गरे। 

मधेसी जनताको हकहितका लागि राष्ट्रिय जनता पार्टी (राजपा) लागे पनि निर्वाचनमा नजाने दुःखद विषय भएको बताउँदै उनले वर्तमान सरकारले संविधान संशोधन गरेर भए पनि राजपालाई निर्वाचनमा सहभागी गराउनुपर्नेमा जोड दिए। 

अध्यक्ष यादवले प्रदेशको निर्वाचन नगरी संसद्को निर्वाचनमा जानु ठीक नभएको बताउँदै प्रदेशको निर्वाचनपछि मात्र संसंद्को निर्वाचन गराउनुपर्नेमा पनि जोड दिए। जिल्लाको विभिन्न नदी र खोलमा आएको बाढीबाट पीडित व्यक्तिको समस्या स्थायीरुपले समाधान गर्न पनि अध्यक्ष यादवले सरकारसंग आग्रह गरे। रासस 

प्रकाशित: २७ श्रावण २०७४ ०९:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App