coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

डा.केसीका मागमा सम्पादकहरुको ऐक्यबद्धता

त्रिवि शिक्षण अस्पतालमा अनसन बसिरहेका डा.केसीसँगै सम्पादकहरु।

काठमाडौं—मुख्य मिडियाका सम्पादकहरुले डा.गोविन्द केसीलाई भेट गरी उनका मागप्रति ऐक्यबद्धता जनाएका छन्। नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेल, रिपब्लिका अंग्रेजी दैनिकका सम्पादक सुभाष घिमिरे, सेतापाटी डट कमका प्रधान सम्पादक अमित ढकाल, बाह्रखरी डट कमका प्रधान सम्पादक प्रतीक प्रधान, साप्ताहिक खबरपत्रिका हिमालका सम्पादक किरण नेपालले टिचिङ अस्पताल पुगेर अनसन बसिरहेका डा.केसीका मागप्रति ऐक्यबद्धता जनाएका हुन्।

समितिले नकारात्मक निष्कर्ष दिए पनि संसदको पूर्ण बैठकले त्यसमा संशोधन गरी पारित गर्न सक्ने जानकारी सभामुखले दिएकी थिइन्।

डा.केसीलाई भेट लगत्तै सम्पादक समूहले सभामुख ओनसारी घर्तीसँग भेट गरेको थियो। बालुवाटारस्थित निवास पुगेर सम्पादकहरुले सभामुखलाई डा.केसीको माग अनुसार चिकित्सा शिक्षा विधेयक संसदबाट यथाशिघ्र पारित गर्न आग्रह गरेका थिए। जवाफमा सभामुख घर्तीले डा.केसीका जायज मागप्रति आफ्नो पनि समर्थन रहेको जनाएकी थिइन्।

सम्पादकहरुलाई उनले महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिलाई चाँडै काम सकेर विधेयक संसदमा पेश गर्न भनेको जानकारी दिएकी थिइन्। समितिले नकारात्मक निष्कर्ष दिए पनि संसदको पूर्ण बैठकले त्यसमा संशोधन गरी पारित गर्न सक्ने जानकारी सभामुखले दिएकी थिइन्। बाहिर चर्चा भएजस्तो सांसदहरु डा.केसीप्रति नकारात्मक मात्रै नरहेको भन्दै सभामुखले संसदप्रति भरोसा राख्न आग्रह गरेकी थिइन् ।

उनले डा. केसीसँग सरकारले पटकपटक गरेका सहमति कार्यान्वयन हुनुपर्ने समेत बताइन्।

चिकित्सा शिक्षा सुधारको माग गर्दै डा.गोविन्द केसी अनसन बसेको आज १९ औं दिन भएको छ। मनपरी खुलेका मेडिकल कलेजहरुमा सांसदहरुको लगानी पनि रहँदा कानुनी रुपमा सुधार प्रयास सफल हुन सकिरहेको छैन। एउटै माग राखेर डा.केसी अनसन बसेको यो ११ औं पटक हो।

प्रकाशित: २७ श्रावण २०७४ ०८:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App