coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

कीर्तिपुरका जनप्रतिनिधि कति धनी ?

कीर्तिपुर नगरपालिकाका जनप्रतिनिधिले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । 
नगरपालिकाले कार्यालयको वेबसाइटमार्फत जनप्रतिनिधिको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । वेबसाइटमा नगर प्रमुख तथा उपप्रमुख, वडाध्यक्ष र वडासदस्यको सम्पत्ति विवरण राखिएको छ । 

‘जनप्रतिनिधिको आर्थिक गतिविधि स्वच्छ र पारदर्शी बनाउन सम्पत्ति विवरण वेबसाइटमार्फत सार्वजनिक गरेका हौं ।’
नगरप्रमुख रमेशमान महर्जन

जनप्रतिनिधिको आर्थिक गतिविधि स्वच्छ र पारदर्शी बनाउन सम्पत्ति विवरण वेबसाइटमार्फत सार्वजनिक गरेको नगरप्रमुख रमेशमान महर्जनले बताए । ‘जनताबाट निर्वाचित भएर आएका जनप्रतिनिधिको हरेक गतिविधि पारदर्शी हुनुपर्छ, त्यसैले सम्पत्ति विवरण सार्वजनिक गरेका छौं,’ उनले भने, ‘सम्पत्ति विवरणले जनप्रतिनिधिलाई अनधिकृत काम गर्न निरुत्साहित गर्ने भएकाले सतर्कता अपनाएका हौं ।’ 

जनप्रतिनिधिसँगै कर्मचारीको पनि सम्पत्ति वितरण सार्वजनिक गर्ने तयारीमा जुटेका उनले बताए । 
सम्पत्ति विवरण अनुसार नगरप्रमुख महर्जनसँग आठ तोला सुन र ३० तोला चाँदी रहेको छ । उनीसँग विभिन्न बैंकमा एक लाख ७१ हजार ६ सय बराबरको सेयर छ । महर्जनको ऋण दुई लाख ६० हजार रूपैयाँ छ । उनीसँग विभिन्न कित्ता नम्बरको करिब १२ रोपनी जग्गा छ । 

उपप्रमुख सरस्वती रिजाल खड्काको दुई रोपनी ११ आना दुई पैसा जग्गा छ । उनको तीन तोला सुन, चार तोला चाँदी, जलविद्युतमा २८ कित्ता प्राथमिक सेयर र राष्ट्रिय वाणिज्य बैंकको खातामा ५० हजार रूपैयाँ बचत रहेको सम्पत्ति विवरणमा उल्लेख छ । 

वडा नम्बर ५ का अध्यक्ष  राजेन्द्रकुमार महर्जन, वडा नम्बर ६ का अध्यक्ष न्हुच्छेबहादुर महर्जन, नगरकार्यपालिकाका सदस्य र केही वडा सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरिएको छैन । 

नगरपालिकामा प्रमुख, उपप्रमुख, १० वडाध्यक्ष, ४० वडा सदस्य र तीन नगर नगरकार्यपालिका सदस्य छन् । तीमध्ये वडा नम्बर ५ का अध्यक्ष  राजेन्द्रकुमार महर्जन, वडा नम्बर ६ का अध्यक्ष न्हुच्छेबहादुर महर्जन, नगरकार्यपालिकाका सदस्य र केही वडा सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरिएको छैन । 

नगरप्रमुख महर्जनले अन्य वडाध्यक्ष र वडासदस्यको सम्पत्ति विवरण कार्यालयमा आइसके पनि वेबसाइटमा अपडेट गर्न नभ्याइएको जानकारी दिए ।

कसको सम्पत्ति कति ?
रमेश महर्जन, नगर प्रमुख

करिब १२ रोपनी जग्गा
आठ तोला सुन र ३० तोला चाँदी
एक हजार ६ सय २० कित्ता सेयर
दुई लाख ३३ हजार ७ सय ९४ बैंक बचत
सम्पत्तिको स्रोतः पैतृक र अंशवण्डा
सरस्वती रिजाल खड्का, उपप्रमुख
दुई रोपनी ११ आना जग्गा 
तीन तोला सुन र चार तोला चाँदी 
५२ हजार बैंक बचत  
२८ कित्ता सेयर
हर्ष महर्जन, अध्यक्ष, वडा नम्बर १
५ सय ८२ वर्गमिटर जग्गा 
६ तोला सुन र १० तोला चाँदी 
१० लाख रूपैयाँ बैंक बचत 
स्रोतः पैतृक, आफ्नै कमाई
दुई सय ९९ कित्ता सेयर 
एउटा मोटरसाइकल र कार्गाे भ्यान

रमेशमान डंगोल, अध्यक्ष, वडा नम्बर २ 
करिब साढे २३ रोपनी जग्गा
१४ तोला सुन, ३० तोला चाँदी र एक सय ग्राम पत्थर 
३९ हजार बैंक बचत 
३१ लाख ऋण 
तीन वटा मोटरसाइकल 

राजेन्द्र महर्जन, अध्यक्ष, वडा नम्बर ३ 
करिब १० रोपनी जग्गा
५ तोला सुन 
३० लाख ८३ हजार बैंक बचत 
एउटा मोटरसाइकल र कार्गाे भ्यान 

राजेन्द्र बानियाँ, अध्यक्ष, वडा नम्बर ४
करिब १० रोपनी जग्गा 
२५ तोला सुन र ५० तोला चाँदी  
एक हजार दुई सय ५० कित्ता सेयर 
५ लाख बैंक बचत 
पेट्रोल पम्प व्यवसाय

राजकुमार माली, अध्यक्ष, वडा नम्बर ७
१४ रोपनी ७ आना जग्गा 
डेढ तोला सुन 
दुई लाख (विद्यालयको मुद्दति खातामा) बैंक बचत 
दुई सय कित्ता सेयर

विनोद महर्जन, अध्यक्ष, वडा नम्बर ८
दुई रोपनी ८ आना जग्गा  
१० तोला सुन 
१२ लाख ३१ हजार बैंक बचत  
८२ कित्ता सेयर 
 
गंगाराम महर्जन, अध्यक्ष,  वडा नम्बर ९ 
७ आना र दुई सय २० वर्गमिटर जग्गा 
१५ तोला सुन
१५ लाख ३० हजार बैंक बचत  
२८९ कित्ता सेयर 
दुई वटा मोटरसाइकल

अमन महर्जन, अध्यक्ष, वडा नम्बर १०
दुई सय ४२ वर्गमिटर जग्गा 
११ तोला सुन र २२ तोला चाँदी 
४० हजार नगद 
दुई लाख ४७ हजार ८ सय ६ बैंक बचत 
एक हजार ८८ कित्ता सेयर   
एउटा मोटरसाइकल 

प्रकाशित: २७ श्रावण २०७४ ०७:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App