coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

जिसस सिन्धुलीमा कांग्रेसलाई धोका, एमालेका बर्मा विजयी

सिन्धुली- जिल्ला समन्वय समिति सिन्धुलीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त प्यानल विजयी भएको छ। जिल्ला समन्वय समिति सिन्धुलीको सभापतिमा नेकपा एमालेका शंकराज बर्मा निर्वाचित भएका छन्।

नेपाली कांग्रेसका उम्मेदवार शम्भु राउतलाई ८ मतको अन्तरले पराजित गर्दै बर्मा निर्वाचित भएका हुन्। कुल १८ मतमध्ये बर्माले १३ मत र राउतले ५ मत पाएका थिए। यस्तै उपसभापति भने नेकपा माओवादी केन्द्रकी सम्झना अधिकारी दनुवार निर्वाचित भएकी छन्। उनको पनि मत अन्तर सोही अनुसार छ।

प्रथम पटक नेपाली कांग्रेसलाई प्रमुख दिएर अन्य सबै पद लिनमा सहमति भएको नेकपा एमालेले त्यो सहमति तोड्दै माओवादी केन्द्रसँग सहमति गरी सभापतिसहित ४ सदस्य नेकपा एमाले र उपसभापतिसहित पाँच माओवादी केन्द्रले लिने गरी सहमति गरेको थियो।

सदस्यहरुमा नेकपा एमालेबाट ऐमान बम्जन, गङगाकुमारी कार्की र विन्दा परियार निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यस्तै माओवादी केन्द्रबाट चित्रबहादुर बुढाथोकी, तेजबहादुर सुनुवार, भगवतीकुमारी पुलामी र अमृत वाइवा निर्वाचित भएका छन्।

एमाललेले धोका दियो

नेपाली कांग्रेसले भने नेकपा एमालेले आफूहरुसँग सहमत गरी पदको लोभमा पुनः अर्को सहमति गरी धोका दिएको आरोप लगाएको छ। सभापति नेपाली कांग्रेसलाई दिएर उपसभापतिसहित अन्य सदस्य सबै लिने गरी प्रथमपटक कांग्रेससँग गरिएको सहमतिलाई भंग गरी अर्को सहमति गर्नु सरासर धोका भएको एक कांग्रेस नेताले बताए।

प्रकाशित: २७ श्रावण २०७४ ०७:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App