coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

एनएमएमा धाँधली नभएको दाबी

नवनिर्वाचित अध्यक्ष सन्तविर लामा प्यानलले आयोजना गरेको पत्रकार सम्मेलन । तस्बिरः अर्जुन तामाङ

 काठमडौं – नेपाल पर्वतारोहण संघ (एनएमए) को शनिबार भएको निर्वाचनमा धाँधली भएको भन्ने आरोप मिथ्या भएको सन्तवीर लामा पक्षले बताएको छ । लामा समूहले काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गरी अध्यक्षमा पराजित जिम्बाजाङ्बु शेर्पाले हारको सामना गर्न नसकेपछि प्रचारबाजीको रणनीति अपनाउँदै धाँधलीको आरोप लगाएको लामा समूहको दाबी छ। 

एनएमएका कोषाध्यक्ष तथा सचिवका प्रत्यासी टिकाराम गुरुङले निर्वाचनमा धाँधली गरेको भन्ने शेर्पा प्यानलको आरोप व्यक्तिगत चरित्र हत्या गर्ने हिसाबले लगाइएको अध्यक्ष लामाले बताए । व्यक्तिगत चरित्र हत्या गर्ने गरी दुष्प्रचार गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्ने उनको भनाइ छ । ‘संस्थाका कोषाध्यक्ष जस्तो व्यक्तिले पारदर्शी रुपमा मतदाता परिचयपत्र ल्याएर सहयोग गर्नु गैरकानुनी कसरी हुन्छ ?’ लामाले प्रश्न गरे, ‘मतदानका लागि कार्ड खोजेका व्यक्तिका कार्ड उज्यालो कोठबाट ल्याएर बुझाएको छ । कुनै अँध्यारो कोठाबाट ल्याएको होइन । गलत मनसाय भएको भए अन्य व्यक्ति र नचिनिने भेषमा जाँदा हुन् ।’ 

चुनावमा कुनै छलकपट नभएको लामाले बताए । बरु छलकपट शेर्पा प्यानलले गरेको लामाको भनाइ छ । ‘एनएमए सचिवालयको निर्णय बिनानै सिसी क्यामाराको फुटेज  दिएको छ । कसरी दिन मिल्छ त्यो ? यही नै छलकपट हो,’ अध्यक्ष लामाले भने, ‘शेर्पाको प्यानलबाट महासचिव र अरु चार सदस्य चुनिएका छन्, कसरी भयो धाँधली ?’ 

लामाले वर्तमान अध्यक्ष आङछिरिङ शेर्पालाई दूधको साक्षी बिरालो भन्दै गर्दै इमान्दार हुन घुमाउरो भाषामा भने । ‘निर्वाचित भएर आएका छौं । तर, अहिलेसम्म वर्तमान अध्यक्षले कुनै चासो नदेखाउनुले उहाँमाथि शंका गर्ने ठाउँ बनेको छ,’ लामाले भने ।

आफ्नो जितसँगै एनएमएको एकल व्यवस्था अन्त्य भएको लामाको दाबी छ । एनएमए कुनै जाति विशेष संस्था नभई सबैको भएको अनुभूति गराउने अध्यक्ष लामाको भनाइ थियो । 

नवनिर्वाचित सचिव टिकाराम गुरुङले आफू संस्थाको कोषाध्यक्ष भएकाले चारजनाको मतदाता परिचयपत्र लिन गएको बताए । यसमा कुनै छलकपट नभएको स्पष्ट गर्दै गुरुङले भने, ‘शेर्पा प्यानले निर्वाचन हारेपछि बितण्ड मच्चाउने उद्देश्यले साथ सिसी क्यामराको फुटेज तलमाथि गरेर सार्वजनिक गरेको छ । तर, जसरी उनीहरुले गलत व्याख्या गर्दै अलोकतान्त्रिक अभिनय गरेका छन् । त्यो एनएमएको ४३ वर्षको इतिहासमा कालो दिन हुनेछ ।’ 

त्रुटि भेटिए सजाय भोग्न तयार रहेको उनले बताए । एनएमएको १७ औं निर्वाचन विधि र विधानसम्मत भएको उनको भनाइ छ । यही अनरुप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार जगतमा सन्देश गएको नवनिर्वाचित सचिव गुरुङको भनाइ छ । 

प्रजातान्त्रिक र लोकतान्त्रिक अभ्यासको आधारमा भएको एनएमएको निर्वाचनमा शेर्पा पराजित भएको तर निट संस्थाले उचालेपछि शेर्पाले नयाँ प्रपञ्च बुनेको लामा प्यानलको बुझाइ छ । 

एनएमएका साधारण सदस्य तथा टानका महासचिव कर्ण लामाले निर्वाचनमा हार र जित हुने भएका कारण विजयी टोलीले छिटोभन्दा छिटो कार्यभार सम्हाल्ने र हारेकाले समीक्षा गर्नुपर्ने धारणा राखे । दुई पक्षबीचको जुहारीले अन्तर्राष्टिय पर्वतीय पर्यटन वृत्तमा गलत सन्देश जाने भएकाले यसलाई सौहाद्र्र वातावरणमा टुंग्याउनुपर्ने बताए । 

शेर्पा प्यानलले आफूलाई हराउन गुरुङ सक्रिय भएर लागेको भन्दै मंगलबार पत्रकार सम्मेलन गरी सिसिटिभी फुटेज सार्वजनिक गरेको थियो । शेर्पा प्यानलले आफूलाई हराउन लामा प्यानलले फर्जी मतदान गराएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा छानबिनका लागि निवेदन दिएको छ । 

कसरी भयो विवाद ? 
साउन २१ गते काठमाडौंमा एनएमएको निर्वाचन भइरहेको थियो । करिब दिउँसो २ बजे मतदाता कृष्णबहादुर गुरुङ मतदान गर्न आउँदा उनको नामबाट अरु कसैले मतदान गरिसकेको थियो । 

यसपछि विवाद सुरु भयो । फर्र्जी मतदान भेटिएपछि करिब १५ मिनेट मतदान हुन सकेन । दुवै पक्षबीच हो–हल्ला भयो। 

यसपछि निर्वाचनमण्डलका प्रमुख केशव थापाले संघको सक्कल कार्डबिना मतदान गर्न नपाउने भनेपछि कार्ड अनिवार्य गरिएको थियो । 

यसअघि निर्वाचन आचर संहितामा व्यवसायीले नागरिकता र सवारी चालक अनुमति पत्रबाट मतदान गर्ने सहमति दुवै पक्षबाट गरिएको निर्वाचनमण्डलका प्रमुख थापाले बताए । ‘यही क्रममा फर्जी मतदान भएको हुन सक्छ,’ उनले भने । 

विवाद आएपछि भने निर्वाचन प्रमुखले एनएमएको मतदाता कार्ड अनिवार्य गराएका थिए । मतदान गर्न नयाँ व्यवस्था भएपछि गुरुङले सुरुमा चारजना र पछि पाँचजना गरी नौ जनाको कार्ड लिएर आएको उनको भनाइ छ । साथै सिसिटिभी फुटेजमा पनि प्रस्ट देखिएको उनले बताए। 

 

प्रकाशित: २७ श्रावण २०७४ ०७:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App