‘आदिवासी पहिरनलाई प्रवर्द्धन गरौं’

शुक्रबार, २७ साउन २०७४, १० : ५४ नागरिक

381


काठमाडौं – आदिवासी समुदायको मौलिकता झल्काउने पहिरनले विश्व समुदायमा बजार नपाइरहेको गुनासो बढिरहँदा आदिवासी फेसनमा चासो राख्ने भारतीय नागरिक आर्बिन शर्माले पनि आदिवासी पहिरनलाई प्राथमिकता दिन जोड दिएका छन् । वल्र्ड इन्डिजेनियस फेसन काउन्सिलका अध्यक्ष शर्माले नेपाली आदिवासी समुदायको पहिरन अन्य देशका आदिवासी समुदायको भन्दा फरक रहेकाले विश्वस्तरमा यसको प्रबद्र्धन गर्न डिजाइनरलाई सुझाव दिए।

सन् २०१८ मा नेपालमा ‘वल्र्ड इन्डिजेनियस फेसन विक’ आयोजना गर्ने तयारीका लागि नेपाल आएका शर्माले स्वदेशको संस्कृतिबारे फेसन डिजाइनरलाई थाहा हुनुपर्ने बताए । ‘म यहाँ आउँदा डिजाइनरहरुलाई आफ्नो संस्कृतिको बारेमा धेरै जानकारी नभएको पाएँ । अब डिजाइनर जाग्ने बेला आएको छ,’ राजधानीमा बिहीबार आयोजित भेटघाट कार्यक्रममा शर्माले भने, ‘राम्रो कन्सेप्ट बनाएर आदिवासी पहिरनको डिजाइन गर्नुपर्छ । आदिवासी पहिरनलाई प्रबद्र्धन गरौं।’

शर्माले डिजाइनरले आफ्नो देशको जातीगत पहिरनका बारेमा बुझ्ने समय आएको बताए । ‘पहिरनका रंग, डिजाइनलगायतका विषयमा ध्यान दिन आवश्यक छ । ठूला देशमा हुने आदिवासी फेशन शोमा सानो देशका डिजाइनरले स्थान पाउँदैनन् । त्यसकारण हामीले उनीहरूलाई काउन्टर दिनका लागि पनि डिजाइनमा नयाँ कन्सेप्ट ल्याउनुपर्छ ।’ शर्मा फेशन फेडेरेशन नेपालको निमन्त्रणमा नेपाल आएका हुन् ।

कार्यक्रममा फेडेरेसनका नेपाल अध्यक्ष नवीन लुइँटेलले नेपालमा हुने फेसन विकमा सात महादेशका डिजाइनर्स, वायर्स, विदेशी पाहुनाको उपस्थिति हुने बताए । ‘देशको संस्कृति, परम्परा, कलालाई विश्वसामु प्रदर्शन गर्न र विश्व बजारमा पोशाक बिक्री गर्न सकिने वातावरण बनाउन फेसन विकले टेवा पुर्‍याउनेछ,’ उनले भने।

फेडेरेशनका अनुसार यो वर्ष अफ्रिकाको सेसेल्समा आयोजना हुने ‘वर्ल्ड इन्डिजिनियस फेशन विक’मा नेपालका तर्फबाट पाँच फेसन डिजाइनर सुस्मिता आले, सुभासिनी सिंह, कैलाश कुँवर, प्रेमकुमार देव र उत्तम बनेपाली सहभागी हुँदैछन्। उनीहरूले नेपालबाट विशेष किसिमको आदिवासी पहिरनको डिजाइन प्रस्तुत गर्नेछन्।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

आमा बन्दै प्रियंका

आमा बन्दै प्रियंका

अमेरिकी गायक निक जोनाससँग डेट गरिरहेकी बलिउड नायिका प्रियंका चोपडा आमा बन्ने भएकी छन् । उनी वास्तविक जीवनमा नभई निर्माण...

‘मै जस्तो भैरे’

‘मै जस्तो भैरे’

सहायक कलाकारका रुपमा फिल्मी करियर सुरु गरेका नायक दयाहाङ राईले प्रमुख भूमिकामा अभिनय गर्दासम्म विभिन्न चरित्र निर्वाह गरिसकेका छन् ।

राजकुमारी फकाउँदै सलोन र बिनोद

राजकुमारी फकाउँदै सलोन र बिनोद

राजपरिवारको झल्को दिने गरी फिल्म ‘सुश्री सम्पत्ति’को गीत ‘हुकुम’को छायांकन गरिएको छ । पत्रकार सुब्रतराज आचार्यको निर्देशनमा बनिरहेको फिल्मको गीतको...

रुसी थिएटरमा ‘हिचकी’

रुसी थिएटरमा ‘हिचकी’

गत मार्च २३ मा रिलिज बलिउड नायिका रानी मुखर्जीको फिल्म ‘हिच्की’को चर्चा अहिले पनि दर्शकमाझ उस्तै छ । ...