coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

उर्लाबारी – मोरङको विराटनगर महानगरपालिका–१४ स्थित कोशी राजमार्गमा ट्रकको ठक्करबाट गए राति एक साइकलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा विराटनगर–१६ बस्ने ४३ वर्षीय मनोज साह रहेका छन् । साहलाई उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १ ख ५१८२ नंको ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भीर घाइते साहको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचारका क्रममा राति ९ बजे मृत्यु भएको हो । 

ठक्कर दिने ट्रक र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए। रासस 

प्रकाशित: २७ श्रावण २०७४ ०४:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App