७ वैशाख २०८१ शुक्रबार
राजनीति

राजनीतिक र सुरक्षा स्थितिलाई सुक्ष्म ढंगबाट नियालीरहेका छौं: प्रधानसेनापति

काठमाडौं- नेपाली सेनाले विद्यमान राजनीतिक एवं सुरक्षा स्थितिलाई सुक्ष्म ढंगबाट नियालीरहेको बताएको छ। प्रधानसेनापति राजेन्द्र क्षत्रीले अष्टज नामक संस्थाले आयोजना गरेको कमला हस्तान्तरण कार्यक्रममा बोल्दै कुनै पनि गतिविधिबाट राष्ट्रिय सुरक्षामा गम्भिर खतरा उत्पन्न भएमा त्यसलाई सशक्त ढंगबाट सामना गर्नु नेपाली सेनाको दायित्व रहेको बताए। त्यसैगरिउनले नेपाली सेना नेपालको संविधान अनुरुप आफ्नो जिम्मेवारी र दायित्व पूरा गर्न सदा कटिबद्ध रहेको समेत बताए। साथै नेपाली सेनाले विपद् व्यवस्थापन, पर्यावरण सुरक्षा, राष्ट्रिय विकासको क्षेत्र तथा अन्तर्राष्ट्रिय शान्ति स्थिरताको क्षेत्रमा छुट्टै पहिचानका साथ दृढतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको स्पष्ट पारे।  

प्रकाशित: १० श्रावण २०७३ ११:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App