coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सप्तकोशी नदीको बहाव उच्च

इटहरी – बुधबारदेखि पूर्वी पहाडी क्षेत्रमा अविरल पानी परेपछि त्यस क्षेत्रका नदी र खोलामा आएको बाढीले सुनसरी र सप्तरी जिल्लामा पनि त्रास बढेको छ। 

वाग्मतीपूर्वका सबै खोला तथा नदी सप्तकोशी नदीमा आएर मिसिने हुँदा पूर्वी पहाडी क्षेत्रमा पर्ने वर्षा र आउने बाढी त्यस क्षेत्रका सबै खोला हुँदै सप्तकोशी नदीमा जम्मा हुन्छ । विहीबार
अपराह्न २ बजेतिर सप्तकोशीमा आएको बाढी कोशी ब्यारेजमा रहेको जलमापन केन्द्रमा भएको मापकअनुसार २ लाख ४० हजार ८९० क्युसेक प्रतिसेकेण्ड वहाव मापन भएको छ। 

सप्तकोशीमा बिहानभन्दा केही बढी पानीको बहाव मापन भए पनि सुनसरी र सप्तरी क्षेत्रमा बसोबास गर्ने मानिसका लागि भने खासै जोखिम नरहेको सुनसरीका प्रजिअ गोपालप्रसाद पराजुलीले जानकारी दिए । विहीबार अपराह्नतिर सप्तकोशीमा आएको बाढीको मापनअनुसार कोशी ब्यारेजमा पानी निकासका लागि बनाइएका ५६ ढोकामध्ये ३० ढोका खोलिएकाले खासै खतरा सिर्जना भइनसकेको उनले जानकारी दिए। 

सुनसरीका प्रहरी प्रमुख विद्यानन्द माझीले कोशी ब्यारेज क्षेत्रमा रहेको प्रहरीले उच्च सतर्कताका साथ कोशीको निगरानी गरिरहेको जानकारी दिँदै होचो भाग भएका क्षेत्र आकाशबाट परेको पानीले जलमग्न बन्ने क्रम रहे पनि मानवीय दृष्टिकोणले जोखिम भने भइनसकेको जानकारी दिए। रासस 

प्रकाशित: २६ श्रावण २०७४ १४:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App