coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पाँचथरमा एमाले–माओवादी तालमेल

मनोनय दर्ता गर्न पुगेका एमाले–माओवादी प्यानलका नेताहरु । तश्विर : गिरिराज बाँस्कोटा

पाँचथर – सत्ताको राष्ट्रिय समिकरण भन्दा फरक रहेर जिल्ला समन्वय समितिका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रले तालमेल गरेका छन् । विहीबार भएको मनोनयन दर्तामा यि दुई पार्टीले तालमेल गरी उम्मेद्वार दर्ता गराएका हुन् ।

लामो प्रयास पछि यि दुई पार्टी बीच तालमेल भएको हो । राष्ट्रिय राजनीति अनुरुप तालमेल हुने हो कि भन्ने आशंकालाई चिर्दै माओवादीले सुरक्षित विकल्प रोजको छ । नेपाली काग्रेससँग मिल्दा एमालेसँग मत बराबरी हुने भएकाले चिठ्ठा तान्नु पर्ने अवस्था थियो । एमालेसँग मिल्दा जीत निश्चित हुने भएपछि माओवादीले तालमेल गरेको छ । काँग्रेसले समन्वय समितिको प्रमुख माओवादीलाई दिन तयार भएको थियो । प्रमुख पाउने हुँदा चिठ्ठा नै तान्नेकी भन्ने विषयमा समेत छलफल भएको थियो । तालमेले संयुक्त प्यानलको जितका लागि संख्या पुगेको छ ।

एमालेले प्रमुखसहित सात सदस्य लिने गरी तालमेल भएको हो । माओवादीले उपप्रमुख र एक सदस्य लिएको छ । विहीवार जिल्ला समन्वय समितिका लागि १८ जनाले मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र कुमार श्रेष्ठले जानकारी दिए । कांग्रेस र माओवादी–एमालेको संयुक्त प्यानलवाट उम्मेद्वारी दर्ता भएको हो ।

काँग्रेसले प्रमुखमा शकुन्तला ओली र उपप्रमुखमा राजेन्द्र रिजाललाई उम्मेद्वार बनाएको छ । यस्तै संयुक्त प्यानलमा विष्णु सापकोटा प्रमुख र डिल्लिराम दुलाल उपप्रमुखका उम्मेद्वारी दर्ता भएको छ । सापकोटा एमाले र दुलाल माओवादीका नेता हुन् । काँग्रेसले सदस्यहरूमा उमा राई, प्रताप राई, पूर्ण तुम्बापो, अविरजङ माङलाक, देवी पोर्तेल, रमा पौडेल र मनकुमारी तामाङलाई उम्मेद्वार बनाएको छ । यस्तै संयुक्त प्यानलबाट नरबहादुर गुरुङ, चन्द्र चौलागाई, सन्तोष सेन्चुरी, कुसल राई, धनमाँया राई, मनमाया लिम्बु र भगवाती राई रहेका छन् । कुसल माओवादी तर्फका उम्मेद्वार हुन्।

जिल्ला समन्वय समितिको निर्वाचन आइतबार हुने छ । तीन दल मिलेर जाने प्रयास आफूहरूले गरेपनि सफल नभएको काँग्रेसका जिल्ला सचिव वृजहाङ आङदेम्बेले बताए । जिल्ला सभामा १६  सदस्य रहेका छन् । यि मध्ये काँग्रेसको ७, एमालेको ८ र माओवादीको १ सदस्य रहेका छन् । संयुक्त प्यानलका सदस्य संख्या ९ पुगेको छ । काँग्रेसले जिल्ला आठ स्थानीय तहमा चारको प्रमुख जितेपनि एमालेले धेरै प्रमुख जितेको थियो। 

प्रकाशित: २६ श्रावण २०७४ १२:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App