coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

जिसस बाजुरामा रोकाया निर्विरोध निर्वाचित

बाजुरा – जिल्ला समन्वय समिति बाजुरामा नेपाली काँग्रेसका उम्मेदवार नरेन्द्र रोकाया निर्विरोध निर्वाचित भएका छन् । मनोनयन दर्तामा नेकपा एमालेले भाग नलिएपछि नेपाली कांग्रेस जिल्ला कार्य समिति सह–सचिव नरेन्द्र रोकाया नेतृत्वको सिंगो काँग्रेसको प्यानल निर्विरोध निर्वाचित भएको हो ।

समितिको उपसंयोजकमा सुनिता सुनार, दलित सदस्यमा धनबहादुर सार्की, खुला सदस्यमा दलबिर बुढथापा, मोहनसिंह कार्की, जयबहादुर सांउद, यसैगरी महिला सदस्यमा पार्वती शाही, धनी थापा र दलित महिला सदस्यमा अषाढी मिजार निर्विरोध निर्वाचित भएका छन्।

समिति नौ सदस्यीय बन्ने भएको छ । एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । जिल्लामा रहेका नौ वटा स्थानीय तहमध्ये काँग्रेसले ६ वटा प्रमुख र ५ वटामा उपप्रमुख जितेको थियो। 

यता एमालेले तीन वटामा प्रमुख र ४ वटामा उपप्रमुख जितेको थियो । निर्विरोध निर्वाचित समितिलाई शनिबार औपचारिक घोषणा गर्ने मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले बताए । उम्मेद्वारी दर्ता गर्न काँग्रेसका शिर्ष नेताहरू मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । 

उम्मेद्वारी काँग्रेसले सर्वसम्मत टुङ्ग्याए पनि नेतृत्वले आफू अनुकुल र मनोमानी गरेको, पार्टी विधि विधान अनुसार नचलेको भन्दै ८ जना जिल्ला कार्य समिति सदस्य भातृ संगठनका अध्यक्षसहित १८ जनाले सामूहिक राजीनामा समेत दिएका छन् । 

निर्विरोध निर्वाचित रोकाया काँग्रेस जिल्ला कार्य समिति सदस्य हुन् भने युवा माझ लोकप्रिय र अन्य पार्टीसँग पनि समन्वय गर्न सक्ने क्षमता राख्छन् । रोकाया बुढीनन्दा नगरपालिका ७ नम्बर वडाबाट वडा सदस्यका रुपमा निर्वाचित भएका थिए। 

प्रकाशित: २६ श्रावण २०७४ १२:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App