coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

बालविवाहविरुद्धको राष्ट्रिय अभियान राष्ट्रपतिद्वारा शुभारम्भ

काठमाडौं— बालविवाह अन्त्यका लागि ‘नेपाली जुटौं, बाल विवाह रोकौं’ राष्ट्रिय अभियान शुरु भएको छ। राजधानीमा आज आयोजित विशेष समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले दीप प्रज्वलन गरेर अभियानको शुरुवात गरिन्।

सन् २०२१ सम्म सञ्चालन हुने ५ वर्षे अभियान सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपाल, वल्र्ड भिजन इन्टरनेशनल नेपाल र राष्ट्रिय युवा परिषद नेपालको संयुक्त आयोजनामा आजदेखि औपचारिक रुपमा शुरु भएको हो।

बालविवाह मध्ये पनि बालिकाको विवाह बढी हुने गरेको र यसले बालिकाहरुको अधिकार हनन् हुनेतर्फ सचेत रहन उनले गरिन्।

समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले ऐनले विवाहको उमेर तोकेको र बालविवाह गर्नेलाई दण्ड सजायको व्यवस्था हुँदाहुँदै पनि बालविवाह हुने मुलुकहरुमा नेपाल अगाडि पर्नु दुःखको कुरा भएको भन्दै यसविरुद्ध सबै लाग्नुपर्नेमा जोड दिइन्। बालविवाह मध्ये पनि बालिकाको विवाह बढी हुने गरेको र यसले बालिकाहरुको अधिकार हनन् हुनेतर्फ सचेत रहन उनले गरिन्।

कार्यक्रममा महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइरालाले बालविवाहविरुद्ध सामुदायिक रेडियोहरुले यस्तो अभियान सुरु गर्नु महत्वपूर्ण भएको बताइन्। बालविवाह बारेको सचेतनाको अवस्था बढ्दै गएको भन्दै उनले अब व्यवहारमै कार्यान्वयन गर्न सबै एकजुट हुनुपर्ने उल्लेख गरिन्।

सन् २०३० सम्मको दिगो विकास लक्ष्यमा पनि बालविवाह अन्त्य गर्ने विषय राखिएकाले त्यसलाई पुरा गर्न सबै जिम्मेवार हुनुपर्नेमा उनले जोड दिइन्। मन्त्री कोइरालाले नेपालमा कानुन हुँदाहुँदै पनि कार्यान्वयनको पाटो चुनौतिपूर्ण रहेको बताइन्। कानुन मन्त्री यज्ञबहादुर थापाले नेपालको बालविवाहको अवस्थाले सम्पूर्ण नेपालीलाई संकोच बनाएको भन्दै मन, वचन र कर्मबाटै बालविवाह अन्त्यमा लाग्नुपर्ने उल्लेख गरे।

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले कुरिति, कुसंस्कार अन्त्यका लागि कानुनसँगै समाज अगाडि बढ्नुपर्नेमा जोड दिए। बालविवाहसम्बन्धी कानुन फरक फरक रहेकाले एकरुपता ल्याउनुपर्ने उनको भनाइ थियो। सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष सुवास खतिवडाले सांस्कृतिक विषेशतालाई आत्मसात गर्दै सामुदायिक रेडियोहरुले ७० भन्दा बढी भाषामा कुरीति र कुसंस्कारविरुद्ध सामग्रीहरु प्रसारण गरिरहेको जानकारी दिए। सामुदायिक रेडियो प्रसारक संघ नेपाल र वल्र्ड भिजन ईन्टरनेशनलले संयुक्त रुपमा अभियानको थालनी गरिएको हो।

प्रकाशित: २६ श्रावण २०७४ १२:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App