coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

चिकित्सा शिक्षा विधेयक जबर्जस्ती पारित गर्ने प्रयास विफल

समिति बैठकमा सहभागी सांसद तथा सचिवहरु। तस्विरः दिपक

काठमाडौँ – संसदमा विचाराधीन चिकित्सा शिक्षा विधयेक जसरी पनि पास गर्ने महिला बालबालिका तथा जेष्ठ नागरिक समतिको सभापतिको प्रयासलाई सांसदहरूले रोकेका छन्। चिकित्सा शिक्षासम्बन्धी माथेमा कार्यदलको प्रतिवेदनले दिएको सुझाव र डा. केसीका माग विपरित हुनेगरी संसदको कार्यदलले आजै दिउँसो तीन बजे पारित गरेको प्रस्ताव साँझ पूर्ण बैठकबाट पास गर्ने समिति सभापति रञ्जु झाको तयारी थियो। 

अधिकांश सभासदले फरक मत राख्दा पनि सभापति झाले विशेष आग्रह भन्दै जबर्जस्ती पारित गर्ने प्रयास गरेकी थिइन्। उनले जबर्जस्ती गर्न खोजेपछि समिति बैठकमा तनाब उत्पन्न भएको थियो।

जसमा काँग्रेस र एमालेका सांसदहरूले अहसमति जनाएपछि यो प्रयास विफल भएको हो।

सांसदहरु टिएल चौधरी, निशा शाह , रुक्मिणी चौधरी, मुक्ता यादव र उमेश श्रेष्ठ लगायतले विधयेक अध्ययन गर्न समय चाहिने र यसले डाक्टर केसीको अनशन पनि अन्त्य नगर्ने देखिएकोले आज विधेयक पास गर्न नहुने अडान राखेका थिए। अधिकांश सभासदले फरक मत राख्दा पनि सभापति झाले विशेष आग्रह भन्दै जबर्जस्ती पारित गर्ने प्रयास गरेकी थिइन्। उनले जबर्जस्ती गर्न खोजेपछि समिति बैठकमा तनाब उत्पन्न भएको थियो। कतिपय सांसदहरुलाई झाले बोल्ने रोक्ने प्रयास गरेकी थिइन्।

त्यसपछि पनि सांसदहरुले नमानेपछि एमाले सांसद वंशिधर मिश्रले अतिथि (सचिवहरु) र पत्रकारलाई बाहिर पठाएर छलफल गर्नुपर्ने प्रस्ताव राखेका थिए। सो लगत्तै सभापति झाले पत्रकार र अतिथिलाई बैठक छोडेर बाहिर जान अाग्रह गरेकी थिइन्। त्यसमा समेत काँग्रेस सांसद चौधरीले अाफ्ना कुरा सञ्चारकर्मीलाई नै सुनाउनु पर्ने भन्दै उनीहरुलाई बाहिर पठाउन नहुने बताएका थिए। त्यसमा माओवादी सांसद निशा साहले समेत सहर्थन गरिन्। दुई सांसदले विधेयकलाई हतार हतारमा अाजै पारित गर्नु नहुने अडान राखेपछि पत्रकारहरुलाई बाहिर पठाइएको थियो।

स्वास्थ्य सचिव किरण रेग्मीले डाक्टर केसीको स्वास्थ्य अन्त्यन्तै जटिल भएको र बाँच्दा पनि कुनै खालको अपांगता हुन सक्ने जोखिम देखिएको भन्दै समितिको ध्यानाकर्षण गराएकी थिइन्। 

डा.गोविन्द केसीले चिकित्सा शिक्षामा सुधारको माग गर्दै अामरण अनसनमा छन्। उनले उठाएका माग छल्ने गरी संसदीय समितिबाट हतारहतार विधेयकलाई पारित गर्ने प्रयास बिहीबार केही सांसदको विरोधका कारण रोकिएको हो।

प्रकाशित: २६ श्रावण २०७४ १२:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App