coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

भारतमा पहिलो दक्षिण एशियाली युवा सम्मेलन हुने

काठमाडौँ – अन्तर्राष्ट्रिय युवा समितिको आयोजनामा पहिलो दक्षिण एशियाली युवा सम्मेलन भारतको उडिसामा हुने भएको छ । 

समितिले विहीबार पत्रकार सम्मेलन गरी पहिलोपटक उडिसा राज्यको भुवनेश्वर शहरमा आगामी असोज १ देखि ५ गतेसम्म गर्न लागेको जानकारी दिएको हो। 

पत्रकार सम्मेलनमा समितिका अध्यक्ष डा केके सिंहले दक्षिण एशियाका युवासामु उनीहरुले भोग्दै आएका समस्या र त्यसका समाधानबारे आठवटै देशका युवा मन्त्रीलाई राखेर सम्मेलन आयोजना गर्न लागेको जानकारी दिए। 

युवाको समस्या, संस्कृति, पर्यटन, संयुक्त राष्ट्र सङ्घले अवलम्बन गरेको दिगो विकास लक्ष्य, शान्ति, पूर्वाधार विकासलगायतका बारेमा सम्मेलनमा छलफल हुनेछ। 

सम्मेलनमा समितिका नेपाल शाखा अध्यक्ष राज कट्टेलले नेपालबाट युवा तथा खेलकुद मन्त्रीसहित ३० जनाको सहभागिता रहने जानकारी दिए। 

सम्मेलनमा दक्षिण एशियाका आठ देशका करिब ४०० युवा प्रतिनिधिको सहभागिता रहने छ । रासस 

प्रकाशित: २६ श्रावण २०७४ ०९:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App