coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सडक मार्गमा सकसपछि हवाई यात्रु बढे

बुटवल – गौतमबुद्ध विमानस्थलबाट राजधानी काठमाडौँ आवत जावत गर्ने हवाई यात्रुको चाप निक्कै बढेको छ। 

नारायणगढ–मुग्लिङ सडकखण्डको यात्रा जोखिम र गन्तव्यसम्म पुग्न घण्टौँ लाग्ने भएकाले अहिले हवाई उडान राम्रो विकल्प बन्न थालेको हो । हवाई यात्रु बढ्न थालेपछि विमानसेवा कम्पनीमा यात्रुको चाप बढिरहेको छ । केही समयअघिसम्म भैरहवा–काठमाडौँ दैनिक ६वटा उडान हुने गरेकामा अहिले दैनिक १२ वटासम्म उडान हुन थालेका छन्। 

सडकमार्गको कारणले गर्दा अहिले हवाई यात्रु बढेका छन्। पहिले बुद्ध एयरको तीनवटा उडान हुने गरेकामा अहिले दैनिक ६ वटासम्म उडान भर्ने गरेको बुद्ध एयर भैरहवाका वरिष्ठ प्रबन्धक तथा स्टेसनका प्रमुख दर्शन घिमिरेले भने। 

नारायणगढ–मुग्लिङ सडकखण्डमा रातको समयमा यातायात सञ्चालनमा रोक लगाएपछि हवाई यात्रुको सङ्ख्या अझै बढेको सिम्रिक एयर भैरहवाका प्रमुख मुकेश झाले बताए। अहिले हवाई यात्रुको अभाव नरहेको दैनिक एक उडान भर्दै आएको सिम्रिकका भैरहवा प्रमुख झाले बताए। हरेक वर्खायाममा हवाई यात्रु बढ्नु स्वाभाविकै हो तर अहिले नारायणगढ–मुग्लिङ सडकखण्डको कारणले गर्दा हवाई यात्रा गर्नेको सङ्ख्या बढ्दै गएको बुटवल ट्राभल्सका प्रबन्ध निर्देशक अञ्जन श्रेष्ठले बताए। 

यहाँ बुद्ध, यती, सिम्रिक र सौर्य एयरले नियमित उडान गरिरहेका छन् । नेपाल एयरलाइन्सको भने उडान नियमित छैन्। अन्य एयरलाइन्सको भन्दा हवाई भाडा दर सस्तो रहेको नेपाल एयरलाइन्सले उडान नियमित गर्नुपर्ने माग पर्यटन व्यवसायीको छ । अहिले बुद्धले दैनिक ६, यतीले ४, सिम्रिक र सौर्यले एक–एक उडान गर्दै आएका छन् । नियमित उडान नभएको नेपाल एयरलाइन्सको उडान तालिकामा पनि दैनिक एक उडान छ । यहाँसम्मका लागि अहिले न्यूनतम भाडा दर रु तीन हजार ५०० देखि अधिकतममा रु ६ हजारसम्म छ । रासस 

प्रकाशित: २६ श्रावण २०७४ ०९:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App