८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

केन्याको राष्ट्रपतीय निर्वाचनमा मतगणना विवाद, चारको मृत्यु

नैरोबी – केन्यामा गत मङ्गलबार भएको राष्ट्रपतीय आमनिर्वाचनको मतगणना जारी रहदा विवाद सुरु भएको छ। 

मतगणना मङ्गलबार रातिबाट सुरु भएको थियो । तर बुधबार अपरान्ह्तिरबाट केन्याली वर्तमान राष्ट्रपति उहुरु केन्याटाले अग्रता कायम गरेपछि सो विवाद सुरु भएको हो। 

निर्वाचनका क्रममा यसअघिको तुलनामा भने धेरै हिंसा भएको छैन । यस निर्वाचनमा चार जनाको निधन भएको छ । त्यो पनि मतदानका क्रममा नभएर निर्वाचनपछि मतगणनाको क्रममा भएको हिंसाका क्रममा चार जनाको मृत्यु भएको हो। 

यहाँ करिब नौ बर्षअघि भएको यस्तै आमनिर्वाचनमा एक हजार १०० भन्दा बढीको ज्यान गएको समाचारमा जनाइएको थियो । त्यसैले अधिकारीहरुले तुलनात्मक रुपमा यसपटक कमै हिंसा भएको बताएका हुन्। 

पूर्वी अफ्रिकाको धनी देशको रुपमा रहेको यस राष्ट्रमा भएको राष्ट्रपति निर्वाचनको नतिजा आउने क्रमसँगै विवाद सुरु भएको हो । 

मतगणना जारी नै रहेका बेला विपक्षीहरुले मतगणना प्रक्रियाको विरोध गरेका छन् । उनीहरुले निर्वाचन प्रक्रिया नै बहिस्कार गरेका छन्। 

वर्तमान राष्ट्रपति उहुरु केन्याटाले अग्रता गरेपछि अर्का उम्मेदवार राइला ओडिङ्गाले असहमति व्यक्त गरेका हुन्। यस विवादको क्रममा यहाँ चार व्यक्तिको मृत्यु भएको छ। 

सो निर्वाचनमा धाँधली भएको प्रमाण आफूहरुले भेटेको भन्दै विपक्षी उम्मेदवार राइलाका समर्थकहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन्। 

यहाँ करिब ९६ प्रतिशत मत गण भैसकेको छ। त्यस समयसम्मको गणनामा हालका राष्ट्रपति उहुरु केन्याटाले ५४ प्रतिशत र उनका निकटतम प्रतिद्वन्द्वी राइला ओडिङ्गाले भने ४४।७ प्रतिशत मात्र मत प्राप्त गरेका छन् । 

उनले यस निर्वाचनको विरोघगर्दै निर्वाचनमा धाँधली भएकोले परिणाम अस्विकार गर्ने दाबी गरेका छन्। 

ओडिङ्गाले बुधबार अपरान्ह नै पत्रकार सम्मेलनको क्रममा निर्वाचन परिणाम नक्कली र धाँधलीपूर्ण भएको आरोप लगाएका छन्। 

केन्यामा चुनावको प्रमुख मुद्दा जातीयता रहने गरेको पाइन्छ। धेरै मतदताले साम्प्रदायिक आधारमा मतदान गर्ने गरेका छन्। 

यस निर्वाचनमा एक करोड ९० लाखभन्दा बढी मतदाताले मतदानको लागि नाम दर्ता गराएका थिए। 

यस अफ्रिकी राज्य केन्यामा सन् २०१३ मा भएको विवादित निर्वाचनको क्रममा भएको हिंसा हत्यामा परी कम्तीमा पनि एक हजार १०० व्यक्तिको मृत्यु हुनुको साथै अन्य छ लाख जना नागरिक नै विस्थापित हुनुपरेको थियो। 

प्रकाशित: २६ श्रावण २०७४ ०८:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App