डा.केसीको जीवन बचाउन संसदीय समितिको निर्देशन

बिहिबार, २६ साउन २०७४, १३ : ५९ अशाेक दाहाल  | @ashokpillar

काठमाडौं—संसदको सामाजिक न्या तथा मानवअधिकार समितिले १८ दिनदेखि अनसरत डा.गोविन्द केसीका जायज माग पूरा गरी अनसन तोडाउन सरकारलाई निर्देशन दिएको छ। बिहीबार बसेको समिति बैठकमा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल र शिक्षामन्त्री गोपालमान श्रेष्ठ उपस्थित थिए।

बैठकमा सहभागी सांसदहरुले केसीका माग पूरा गर्न के के समस्या छन्? ती मागहरु पूरा गर्न सक्ने किसिमका छन् कि छैनन् सरकार स्पष्ट आवश्यक रहेको औंल्याएका थिए।

पप्रधान तथा शिक्षामन्त्री श्रेष्ठले माथेमा प्रतिवेदन कार्यान्वयनका लागि काम भइरहेको भन्दै विधेयकमा केही विषय थप हुनसक्ने बताए। डा.केसीका प्रतिनिधिसँग छलफल चलिरहेको जानकारी दिँदै उनले वार्ता सहमति नजिक पुगेको जनाए। 'डा.केसीका नजिकका मान्छेहरुसँग वार्ता भइरहेको छ। गगन थापा, केदारभक्त माथेमा र भगवान कोइराला लगायतले दुवैतिर छलफल गरिरहनु भएको छ। छिटै निष्कर्षमा पुग्ने प्रयास जारी छ', उनले भने।

काठमाडौं उपत्यकामा १० बर्ष शिक्षण अस्पताल नखोल्ने र प्रत्येक प्रदेशमा एउटा मेडिकल कलेज स्थापना गर्ने गरी ऐन बनाउन लागिएको उनले जानकारी दिए।  माथेमा आयोगको प्रतिवेदन अनुसार काम हुन लागेको भन्दै उनले केही कुरा भने थपिने उल्लेख गरे। समितिको छलफलकै क्रममै रहेकोले यस विषयमा धेरै बोल्न नमिल्ने मन्त्री श्रेष्ठको भनाइ थियो।

बैठकमा सहभागी सांसदहरुले केसीका माग पूरा गर्न के के समस्या छन्? ती मागहरु पूरा गर्न सक्ने किसिमका छन् कि छैनन् सरकार स्पष्ट आवश्यक रहेको औंल्याएका थिए।

चिकित्सा शिक्षामा सुधारको माग राखेर डा.गोविन्द केसी १८ दिनदेखि आमरण अनसन बसिरहेका छन्। उनको स्वास्थ्य जोखिमपूर्ण बन्दै जाँदा समेत सरकारले सकारात्मक रेस्पोन्स गरेको छैन। मुलुकको मेडिकल शिक्षा माफियाको हातमा पुग्दा गुणस्तरीय चिकित्सक उत्पादन हुन सक्ने अवस्था छैन। जनताले सहज चिकित्सा सेवा पाउन सक्ने अवस्था छैन। डा.केसीले यिनै विषयलाई आफ्नो मुद्दाको रुपमा उठाएका छन्।








यसमा तपाईको मत

अन्य समाचार

सिगुले पाए एनसेलको दुई लाख

सिगुले पाए एनसेलको दुई लाख

एनसेल प्राइभेट लिमिटेडले ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत पहिलो हप्ताका एक विजयी चित्रकुमार सिगुलाई बिहीबार एक कार्यक्रम गरी दुई लाख नगद...

रोजगारदाता र ट्रेड युनियन आर्थिक विकासका सहयात्री बन्नुपर्छ: उपाध्यक्ष ढकाल

रोजगारदाता र ट्रेड युनियन आर्थिक विकासका सहयात्री बन्नुपर्छ: उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले हाल मुलुकको औद्योगिक सम्बन्ध सहज अवस्थामा रहेको र श्रम विवादको संख्यामा कमी भइरहेको...

नेपाल टेलिकमको गिफ्ट प्याकेज

नेपाल टेलिकमको गिफ्ट प्याकेज

नेपाल टेलिकमले ग्राहकको रुचिलाई ध्यानमा राखी भ्वाइस तथा डाटा सेवा सस्तो मूल्यमा उपहारस्वरुप प्रदान गर्न सकिने सुविधा ल्याएको छ ।

माछापुच्छ्रेको ऋणपत्र स्टकमा सूचीकृत

माछापुच्छ्रेको ऋणपत्र स्टकमा सूचीकृत

माछापुच्छ्रे बैंकले जारी गरेको ३० लाख थान ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । ...

मार्सको १६औं वार्षिकोत्सव

मार्सको १६औं वार्षिकोत्सव

विज्ञापन एजेन्सी मार्स प्रालिले १६औं वार्षिकोत्सव मनाएको छ । ...

ग्रान्डी सोसियल फाउन्डेसनको सभा

ग्रान्डी सोसियल फाउन्डेसनको सभा

ग्रान्डी सोसियल फाउन्डेसनको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

इन्फिनिटी लघुवित्तको मिसकल बैंकिङ

इन्फिनिटी लघुवित्तको मिसकल बैंकिङ

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले मिसकल बैंकिङ सेवा प्रदान गर्ने भएको छ । ...

थाई सेवा नेपालमा सफलताको दशक

थाई सेवा नेपालमा सफलताको दशक

सन् १९६८, ४ डिसेम्बर, थाई एयरवेजले नेपालको लागि पहिलो उडान सुरु गरेको दिन हो र यो नै पहिलो जेट एयरलाइन...

Ncell Footer Ad