८ वैशाख २०८१ शनिबार
समाज

खाँडो खोलाको कटानले मान्छे पुर्‍यो, तिलाठीका ४ सय घर डुबानमा

पति डोमी यादबलाई खाँडो खोलाको ढिस्कोले पुरेपछि भावविह्वल बनेकी उनकी पत्नी धनादेवी। तस्विरः जितेन्द्र

सप्तरी— खाँडो खोलाले कटान गर्ने क्रममा ढिस्को खस्दा एक सर्वसाधारण पुरिएर बेपत्ता भएका छन्। कटान नियन्त्रणका लागि सेना र प्रहरीसँगै काम गरिरहेका डोमी यादब ढिस्को खसेर पुरिएका हुन्। 

बिहीबार बिहानैदेखि खाँडो खोलाले बिरौल र  राजविराज १५ स्थित देउवरीभरुवामा कटान गरिरहेको छ। कटान नियन्त्रणका लागि नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन भएको छ। सुरक्षाकर्मीसँगै ६० वर्षीय यादब पनि कटान नियन्त्रणका लागि काम गरिरहेका थिए।

बिहीबार बिहानैदेखि खाँडो खोलामा अाएको बाढीले ४ सय बढी घर डुबानमा परेका छन्।

बाँसको पाइलिङ लगाइरहँदा ढिस्को खसेर उनी खोलातर्फ पुरिएको प्रत्यक्षदर्शीले जनाएका छन्। करिब १२ः४० बजे पुरिएका उनको खोजी कार्य जारी छ। सेना, प्रहरी र स्थानीयको टोलीले खोजी गरिरहे पनि भेट्टाउन सकेका छैनन्।

बिहीबार बिहानैदेखि खाँडो खोलामा अाएको बाढीले ४ सय बढी घर डुबानमा परेका छन्।  सप्तरीको रुपनी, राजविराज, तिलाठी हुँदै खाँडो खोला भारततर्फ बग्ने गर्छ। यसअघि असार १७ गते आएको बाढीले तिलाठीसहितका स्थानमा ठूलो क्षति पुर्‍याएको थियो।

 

प्रकाशित: २६ श्रावण २०७४ ०७:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App