coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

अदालतको आदेशपछि एनआरएन अमेरिकाको निर्वाचन अनिश्चित

टेक्सास (अमेरिका)— निर्वाचन हुनुभन्दा तीन दिन अघि टेनेसी अदालतले दिएको आदेशका कारण गैरआवासिय नेपाली संघ अमेरिकाको अधिवेसन अनिश्चित बनेको छ। केन्द्रिय अधिवेशनलाई प्रभाव पार्न सक्ने सबैभन्दा धेरै सदस्य रहेको अमेरिकामा आफूलाई उम्मेदवार बन्नबाट बन्चित गरेको भन्दै अध्यक्ष पदका प्रत्यासी गौरी जोशीले अदालतमा दायर गरेको मुद्दामा टेनेसी अदालतले अर्को आदेश नआउँदासम्म सबै प्रकारका निर्वाचन प्रकृया रद्द गर्न र विपक्षीको कुरा सुन्ने गरी आन्तरिम आदेश जारी गरेपछि निर्वाचन रोकिएको हो।

अदालतको आदेश आएलगत्तै निर्वाचन आयोगले तत्कालका लागि सबै निर्वाचन प्रक्रिया स्थगित भएको सुचना जारी गरेको छ। अबको निर्वाचन प्रक्रियाबारे प्रमुख निर्वाचन आयुक्त बन्दिता शर्मा दाहालसँग पटक पटक सम्पर्क गर्दा पनि सम्पर्कमा आउन चाहिनन्।

सल्लाहकार डा.हेमराज शर्मासहित दिल गुरुड र विश्व आदर्श पण्डितको तीन सदस्यीय छानवीन समिति बनाएर प्रतिवेदन दिएको थियो। सो प्रतिवेदनले गौरी जोशी उम्मेदवार हुन योग्य रहेको उल्लेख गरेको थियो। अमेरिका क्षेत्रका संयोजक सोनाम लामा र उपसंयोजक एसी शेर्पाको नाममा आईसिसिबाट पत्र आएकै दिन निर्वाचन कमिटीलाई टेनेसी अदालतबाट पनि पत्र आएको थियो।

अध्यक्ष पदमा मनोनयन गर्दा गौरी जोशी र महासचिव पदमा मनोनयन गर्ने पूर्ण बानियाद्वारा निर्वाचन समिति संयोजक र सदस्यलाई प्रतिपक्षी बनाई दायर उक्त मुद्दामा एनआरएन अमेरिका निर्वाचन समितिका नाममा यस्तो आदेश जारी भएको हो। आन्तरिम आदेशमा विपक्षीको भनाई पनि सुन्ने उल्लेख भएकोले निर्वाचन समितिले आफ्नोतर्फबाट भनाई राख्न वकिल तोकिसकेको छ। एनआरएन अमेरिकासँग सम्बन्धित टेनेसी अदालतमा परेको यो दोस्रो मुद्दा हो। दुई वर्ष अघि पनि निर्वाचन प्रक्रियाकै विषयमा पहिलो मुद्दाको परेको थियो।

अाइसिसी हस्तक्षेपले समस्या

एनआरएन अमेरिकामा लामो समयदेखि देखिएको विवाद आईसिसिमा पुगेपछि आईसिसि सल्लाहकार डा.हेमराज शर्मासहित दिल गुरुड र विश्व आदर्श पण्डितको तीन सदस्यीय छानवीन समिति बनाएर प्रतिवेदन दिएको थियो। सो प्रतिवेदनले गौरी जोशी उम्मेदवार हुन योग्य रहेको उल्लेख गरेको थियो।

अमेरिका क्षेत्रका संयोजक सोनाम लामा र उपसंयोजक एसी शेर्पाको नाममा आईसिसिबाट पत्र आएकै दिन निर्वाचन कमिटीलाई टेनेसी अदालतबाट पनि पत्र आएको थियो। अमेरिकाको निर्वाचनको शुरुवाती दिनपछि नै गौरी जोशीको उम्मेदवारीको विषयलाई लिएर उठेको विवाद आईसिसिमा प्रवेश पाएको थियो। क्षेत्रिय संयोजक सोनाम लामाले अमेरिकामा देखिएको विवाद र पछिल्लो अवस्थाको सम्पूर्ण जिम्मेवारी आईसिसी भएको उल्लेख गरे। आईसिसीको अनावश्यक हस्ताक्षेप गर्र्दा यस्तो स्थिति पैदा भएको उनले बताए।

अमेरिकी एनआरएनका लागि अदालतसम्म पुग्नुपर्ने अवस्थाले संस्था कमजोर बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै उपसंयोजक एसी शेर्पाले भने सबैभन्दा ठुलो एनसिसि अमेरिकालाई फुटाएर स्वार्थ पूर्ति गर्न खोज्नेहरुलाई मलजल पुगेकोले त्यसतर्फ सबै चनाखो हुनुपर्नेमा जोड दिए। विधानको व्याख्या गर्ने विषयमा आईसिसीका केही व्यक्तिले हस्ताक्षेप गर्दा अमेरिका एनआरएन फुटाउन सफल भएकाले एकजुट नभएसम्म आईसिसिमा महत्वपुर्ण पद लिन कठिन हुने बताए।

न्यायको खोजीमा अदालतको शरण: जोशी

उता अदालतको ढोका ढकढक्याउन पुगेका गौरी जोशीले आफू बाध्य भएर न्यायको खोजीमा अदालत गए पनि सम्वाद सहमतिकै पक्षमा रहेको बताएका छन्। अदालतले आफूलगायत उम्मेदवार सूचीमा नाम समावेश नगरिएका सबैलाई समावेश गरी निर्वाचन कार्यक्रम तय गर्न आदेश दिएको बताउँदै एनआरएन अमेरिकाको निर्वाचन बिथोल्ने आफ्नोे कुनै मनशाय नभएको उनले बताए। अन्याय परेपछि अदालत जान बाध्य भएको उनको भनाइ छ।

‘सत्य र न्याय स्थापित गर्न कहिले कहीँ तत्काल अप्रिय जस्ता लाग्ने निर्णयहरु पनि गर्नु पर्दोरहेछ तर मेरो कारणले कहीँ कतैबाट पनि एनआरएन अमेरिकालाई कमजोर हुन दिन्न’, उनले भने, ‘मेरो आग्रह छ कि अदालतको आदेशको सम्मान गर्दै सोही अनुसार यथाशीघ्र निर्वाचन कार्यक्रम घोषणा गरिनुपर्छ।’

मूलत एनआरएन अमेरिकाको पछिल्लो विधानअनुसार अध्यक्ष उम्मेदवार हुन एक कार्यकाल बोर्ड डाईरेक्टर हुनुपर्ने प्रावधान छ। जोशी बोर्ड डाईरेक्टर नरहेको भन्दै निर्वाचन आयोगले उम्मेदवारी रद्द गरेपछि विवाद आईसिसिमा पुगेको थियो।

निर्वाचन स्थगितसँगै एनआरएन अमेरिकामा नयाँ नेतृत्व चयन प्रकृया अन्यौलमा परेको छ। अक्टोबरमा नेपालमा हुन लागेको आईसीसीको केन्द्रीय भेलासम्म पनि नयाँ नेतृत्व आउँछ भन्नेमा आशंका उत्पन्न भएको छ। निर्वाचन रोकिँदा एनआरएन अमेरिकाका करिब १५ हजार सदस्य आफ्नो प्रतिनिधि छान्नवाट वञ्चित भएका छन्।

यो निर्वाचनमा २ सय जना भन्दा बढी उम्मेदवार चुनावी मैदानमा थिए। यस मध्ये केही निर्विरोध चयन भइसकेका छन्।

एनआरएन अमेरिका ५०१ सी अर्थात् कर मुक्त संस्थाका रूपमा अमेरिकामा दर्ता छ। यो संस्था टेनिसी कोर्टको दायराभित्र पर्ने भएकोले पटक पटक एनआरएनको मुद्दा टेनेसी अदालतमा पुगेको हो। एनआरएनको दुई वर्ष अघि परेको पहिलो मुद्दाको अहिलेसम्म फैसला भएको छैन। 

प्रकाशित: २६ श्रावण २०७४ ०६:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App