८ वैशाख २०८१ शनिबार
अर्थ

टाटाको टिगोर सार्वजनिक

काठमाडौं- टाटा मोटर्स्ले काठमाडौंमा बुधबार 'स्टाइलब्याक कार' टाटा टिगोर सार्वजनिक गरेको छ। टाटाले नेपालका लागि आफ्नो अधिकृत वितरक सिप्रदी ट्रेडिङ प्रालिमार्फत उक्त कार सार्वजनिक गरेको हो।

नयाँ पुस्ताको मागलाई ध्यानमा राखी उक्त कार उत्पादन गरेको कम्पनीले जनाएको छ। कम्पनीले 'चुस्त र अत्याधुनिक डिजाइन'का कारण टिगोरले हालको प्यासेन्सजर कार सेग्मेन्टमा नयाँ पोर्टफोलियो तयार गरी नयाँ पुस्ताका बढ्दो मागलाई सम्बोधन गर्ने जनाएको छ। उक्त कारको रिभोटर्न १.२ लिटर पेट्रोल भेरियन्टको मूल्य २३ लाख ४५ हजार पर्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

नयाँ कार अनावरण समारोहमा बोल्दै टाटा मोटर्सका इन्टरनेसनल बिजनेस हेड जोनी ओम्मेनले भावी पुस्ताको मागलाई ध्यानमा राखेर नयाँ एवं अत्याधुनिक विशेषतासहित नयाँ वर्गको आकर्षक गाडी निर्माणमा कम्पनीले विशेष जोड दिएको बताए। 'सोही क्रममा हामीले कम्प्याक्ट सेडानमा उपलब्ध उत्पादनभन्दा केही फरक चिज निर्माण गर्‍यौं, जसलाई स्टाइलब्याक नाम दिइएको छ,' उनले भने।

सोही समारोहमा सिप्रदी ट्रेडिङ प्रालिका सिइओ राजनबाबु श्रेष्ठले भारतमा भएको उत्साहजनक बिक्री आंकडाले टाटा टिगोरलाई महŒवपूर्ण उत्पादन पुष्टि गरिसकेको भन्दै नेपालमा पनि यसले सफलता हासिल गर्नेमा आफूहरु आशावादी रहेको बताए। ह्याच र सेडानबाट बाहिर निस्केर टाटा टिगोरले आफैंमा एउटा नयाँ सेग्मेन्ट तयार गरेको दाबी गर्दै उनले यसलाई स्टाइलब्याक नामकरण गरिएको बताए।

'यो कार नयाँ डिजाइनलाई विशेष प्राथमिकता दिएर तयार गरिएकाले ग्राहकको ध्यानाकर्षण गर्नेछ,' श्रेष्ठले भने।

टिगोरको बाहिरी बनावट अर्थपूर्ण, रोमाञ्चक र असाधारण तरिकाले डिजाइन गरिएको कम्पनीको दाबी छ। 'यो चुस्त एवं डाइनामिक डिजाइनले युवापुस्ताको अनुभवलाई राम्ररी संग्ााल्छ,' कम्पनीले विज्ञप्तिमा भनेको छ, 'भित्री सजावटमा टाटा टिगोरको इन्टेलिजेन्ट स्पेसको प्रयोगमा इन्भाइटिङ इन्टेरियर र कनेक्टिभिटी विशेषता छन् जसले गाडी धनीलाई इनटच अनुभवका साथै भित्री र बाहिरी संसारको उत्कृष्ट अनुभूति प्रदान गर्दछन्।'

टाटा टिगोर कार वर्गकै उत्कृष्ट ड्राइभिङ डाइनामिक्सका साथ रिभोटर्न १.२ लिटर पेट्रोल इन्जिन र पेट्रोल भेरियन्ट र मल्टी ड्राइभ मोड (इको र सिटी) मा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

नयाँ पुस्ताका ग्राहकको चाहनालाई सम्बोधन गर्न यसमा विश्वचर्चित गोल्डेन इयर्ससहित हर्मन प्रविधिको अत्याधुनिक अडियो तथा कनेक्टनेक्स्ट इन्फोटेनमेन्ट सिस्टम प्रयोग गरेको टाटाले जनाएको छ।

एक्सई, एक्सटी, एक्सजेड र एक्सजेड (०) भेरियन्ट र ६ रङ (कपर ड्याजल, एक्प्रेसो ब्राउन, पर्लसेन्ट ह्वाइट, प्लाटिनम सिल्भर, स्ट्राइकर ब्लू, बेरी रेड) मा उपलब्ध यस कारमा टाटा मोटसर््ले चार वर्ष वा ७५ हजार किलोमिटर मध्ये जुन पहिला आउँछ त्यसमा वारेन्टी घोषणा गरेको छ।

प्रकाशित: २६ श्रावण २०७४ ०४:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App