coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

लडाकु कंगना

मुम्बई- केही न केही उधुम गरेर सधैं विवादमा पर्ने कंगना रनावत फेरि एक पटक विवादमा परेकी छिन्। रिलिजको संघारमा रहेको फिल्म 'सिमरन'का कथाकारले कंगनाले आफ्नो काममा नाम नदिएको भन्दै गुनासो गरेपछि कंगना विवादमा परेकी छिन्। फिल्मका लेखक अपूर्व असरानीले कंगनालाई यस्तो आरोप लगाएका हुन्। उनले फिल्मको संवाद लेखकमा आफ्नो नाम नराखिएकोमा चित्त दुखाएका थिए। तर, कंगना यसलाई अस्वीकार गरेकी छिन्।

'अपूर्व असरानीले गरेको कामको सम्बोधन भइसकेको छ। उनले जुन क्रेडिटको अनुरोध गरेका थिए, त्यो मैले दिइसकेको छु। मैले अझै पनि अपूर्वको कुरा के हो बुझ्न सकेकी छैन,' फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा कंगनाले भनेकी छन्, 'उनले नै मलाई अतिरिक्त संवाद लेखकमा नाम दिन सुझाव दिएका थिए। हामी दुवैले फिल्मको संवादसँगै लेखेका थियौं।'

उनले आफ्नो फिल्मी यात्रा अन्य कलाकारको भन्दा अलग रहेको दाबी गर्दै भनिन्, 'मैले करियरमा जे कुरा पनि लडाईं लडेर नै पाएको छु। अब यो लडाइँ मेरो जिन्दगीको नियम नै बनिसकेको छ। मेरो लागि यो लडाइँ दिक्कलाग्दो छैन। किनकि मेरो जे हक हो, त्यो म जसरी पनि पाएरै छाड्छु,' उनले भनेकी छन्।

'हरेक चिज मैले लडेर नै पाएको छु। चाहे त्यो जतिसुकै सानो किन नहोस्। मेरो भाग्य नै यस्तो छ या मेरो जीवन नै यस्तो छ। तर, अब मैले यस्तो विचारसँग सम्झौता गरिसकेको छु। चाहे लडेर होस् या जुनसुकै काम गरेर होस् मैले मेरो श्रेय पाउनुपर्छ। त्यसकारण लडाइँ नै मेरा लागि उत्तम कुरा हो,' कंगनाले भनिन्। हंसल मेहताले निर्देशित 'सिमरन'मा कंगना अमेरिकामा बसोवास गरेकी गुजराती युवतीको भूमिकामा छिन्। फिल्म सेप्टेम्बर १५ मा रिलिज हुँदैछ।

प्रकाशित: २६ श्रावण २०७४ ०४:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App