७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

गेम अफ थ्रोन्स ह्याकरद्वारा फिरौती माग

विश्व प्रख्यात शृंखला गेम अफ थ्रोन्सको एक दृश्य। तस्बिर :  बिबिसी

लन्डन- मनोरञ्जन कम्पनी 'एचबिओ'बाट 'गेम अफ थ्रोन्स'को स्त्रि्कप्ट र डाटा चुहावट गरेका ह्याकरहरुले फिरौती रकम माग गर्दै एक विज्ञप्ति निकालेका छन्। गत साता प्रसारण हुनुभन्दा अगाडि नै विश्व प्रख्यात शृंखला गेम अफ थ्रोन्सको एउटा एपिसोड इन्टरनेटमार्फत् सार्वजनिक भएको थियो। 

पछिल्लो समय इन्टरनेटमार्फत् गेम अफ थ्रोन्सको एक भाग सार्वजनिक गरेका ह्याकरले चालु शृंखलाको प्रसारण हुनै बाँकी रहेको पाँचौ भागको स्त्रि्कप्टसमेत सार्वजनिक गरिदिएका छन्। एचबिओ कम्पनीका अन्य कार्यक्रमका भिडियो शृंखला र डकुमेन्टपनि ह्याकरहरुले इन्टरनेटमार्फत सार्वजनिक गरेका छन्। ह्याकरले आफूसँग एचबिओ कम्पनीको कुल १.५ टिबी डाटा रहेको दावी गरेका छन्। तर कम्पनीले भने आफ्नो इमेल प्रणालीमा त्यति धेरै खराबी नभएकाले ह्याकरको भनाई विश्वास गर्न नसकिने बताएको छ।'गत साता एचबिओको कानुनी जानकारी, कर्मचारीसँगको सम्झौता गरिएको विवरणको जानकारी र कम्पनीका अन्य फाइल चुहावट भएपछि उक्त कम्पनी पतनको बाटोमा गएको विश्लेषण गरिएको थियो,' वायर्ड न्युज साइटको जानकारी उद्धृत गर्दै बिबिसीले जनाएको छ। ह्याकरले चुहावट गरेको केही डकुमेन्टमा गेम अफ थ्रोन्सका कलाकारको व्यक्तिगत विवरणसमेत रहेको एपी समाचार संस्थाले जनाएको छ। ह्याकरले फिरौती माग गरेको पत्रलाई भिडियोमार्फत् एचबिओ कम्पनीका प्रमुख कार्यकारी अधिकृत रिचार्ड प्लेपलरलाई सम्बोधनगर्दै सार्वजनिक गरेका छन्। फिरौती रकम माग गरेपनि कति भनेर चाहिं ह्याकरहरुले सार्वजनिक नगरको बिबिसीले जनाएको छ।

'हाम्रो माग स्पष्ट र बार्गेनिङ गर्न नमिल्ने खालको छ। हामी तिमीहरुको डाटा चुहावट बन्द गर्नका लागि (एक्सएक्सएक्सएक्स) डलर माग गर्दछौं,' उनीहरुले सार्वजनिक गरेको पत्रमा जनाइएको छ। 'एचबिओले बजार अनुसन्धान गर्न १२ मिलियन र गेम अफ थ्रोन्स शृंखला सातको विज्ञापनमा ५ मिलियन डलर खर्च गरेको छ। त्यसैलेे हामीलाई तिमीहरुको अर्को विज्ञापनको खर्च हेर,' ह्याकरले सार्वजनिक गरेको पत्रमा भनिएको छ। उक्त पत्रमा मिस्टर स्मीथको नामको हस्ताक्षर रहेको पनि बिबिसीले जनाएको छ। ह्याकरले जारी गरेका नोट (पत्र)मा मिति उल्लेख नगरिएको भएपनि त्यसमा एचबिओलाई फिरौती रकम हस्तान्तरण गर्न तीन दिनको समय सीमा दिइएको छ। एचबिओ कम्पनीले भने यस विषयमा अनुसन्धान भइरहेको प्रतिक्रिया दिएको छ।

 

 

प्रकाशित: २६ श्रावण २०७४ ०४:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App