coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

प्रधानमन्त्री ओलीको राजीनामाप्रति भारतमा खुशीयाली !

काठमाडौैं–प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार अविश्वासको प्रस्तावमा मतदान हुनुभन्दा पहिले नै संसदबाट राजीनामाको घोषणा गरे। प्रधानमन्त्रीको राजीनामापछि सत्ता परिवर्तनमा मुख्य भूमिका खेलेको भनिएको छिमेकी मुलुक भारतमा खुशीयाली छाएको त्यहाँका संचार माध्यमले उल्लेख गरेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नीतिमा सहमत नभई अर्को छिमेकी मुलुक चीनसँगको सम्बन्ध बढाएपछि चिढिएको भारतले सरकार परिवर्तनमा प्रत्यक्ष हस्तक्षप गरेको भारतीय संचार माध्यमले जनाएका छन्।

प्रधानमन्त्री ओलीले नेपाल भारत सम्बन्धको बेवास्ता गरेको र छिमेकी मुलुक चीनसँग नेपालले पारवहन सन्धि गरेको तथा विगत लामो समयदेखि संविधान संशोधनको माग राखी आन्दोलनरत मधेसी मोर्चाको मागमा मौन रहेको भन्दै भारतले बाध्य भएर विपक्षी दल नेपाली कांग्रेस र माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमार्फत भारतले प्रत्यक्ष हस्तक्षेप गरेको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्।

ओलीको बर्हिगमन नेपाली राजनीतिमा भारतको पुनरागमन भएको भारतीय संचार माध्यमले उल्लेख गरेका छन्।

भारतीय अखबार हिन्दुस्तान टाइम्सले ओलीको बर्हिगमन नेपाली राजनीतिमा भारतको पुनरागमन उल्लेख गरेको छ। उसले लेखेको छ, ‘ओलीको राजीनामा भनेको मधेसी दलको संविधान संशोधनको माग पूरा हुनु र आफ्नो नीतिमा सहमत नभई उत्तरी छिमेकी चीनतर्फ ढल्कने सरकारको बर्हिगमन नेपाली राजनीतिमा आफ्नो प्रभाव जमाउने मौका हो।’

कुटनीतिज्ञ शिवशंकर मुखर्जीले प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीचको चिसोपनका कारण ओली सरकार परिवर्तन भएको उल्लेख गरेका छन्। उनले अहिले नै नेपालमा बन्ने नयाँ सरकारकाबारे  भारतले अहिले नै धारणा बनाउन नहुने मुखर्जीले उल्लेख गरेका छन्।
टाइम्स अफ इन्डियाले  प्रधानमन्त्री ओलीको राजीनामासँगै प्रधानमन्त्री ओलीको राजीनामासँगै नेपाल नयाँ राजनीतिक गतिरोध तथा जटिलतातर्फ अघि बढेको  उल्लेख गरेको छ।  

एनडी टिभीले प्रधानमन्त्री ओलीले राजीनामा दिनुको प्रमुख कारण भारतसँगको राम्रो  सम्बन्ध सुमधुर नहुने रहेको जनाएको छ। उसले प्रधानमन्त्री ओली बेइजिङसँग नजिक भएको र भारतसँगको सम्बन्ध राम्रो नभएकाले ओली सरकार ढलेको उल्लेख गरेको छ। उसले भनेको छ, ‘नेपालका प्रधानमन्त्री ओलीले नेपाल भारत सम्बन्धलाई वेवास्ता गर्दै चीनसँगको सम्बन्ध सुदृढ गराएको र विगत केही समयदेखि आन्दोलनमा रहेका मधेसी दलको माग बेवास्ता गरेका कारण भारतले नेपालको सरकार गिराउन बाध्य भएर कदम चालेको हो।’ 

उसले चीनलेसमेत नेपाललाई भारतसँगको सम्बन्ध बिगार्न उकासेको  उल्लेख गरेको छ । उसले अब बन्ने नयाँ सरकार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल नीतिमा सहमत हुने बताएको छ।

 

प्रकाशित: १० श्रावण २०७३ १०:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App