७ वैशाख २०८१ शुक्रबार
समाज

मृतक चार बालिकाका परिवारलाई क्षतिपूर्ति माग

काठमाडौं- गत शनिबार रौतहटको गरूडा नगरपालिकामा सडक छेउमा खनेर छाडिएको खाल्डोमा डुबेर ४ बालिकाको मृत्य भएको विषयमा मधेसी पत्रकार समाज, समृद्ध मधेस नागरिक अभियान, नेपाल तराई विद्यार्थी संघलगायत संघसंस्थाले बुधबार गृहमन्त्री जनार्दन शर्मालाई ज्ञापनपत्र बुझाएका छन्।

ज्ञापनपत्रमा सो घटनाको प्राथमिक जिम्मेवारी लिई सरकारले  पीडित परिवालाई क्षतिपूर्ति दिन, सडक निर्माण ठेक्का लिएको कम्पनी, निर्माण प्रक्रियामा संलग्न व्यक्ति तथा अनुगमन समितिका सदस्यले गरेको भ्रष्टारचारमाथि छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ। ज्ञापनपत्रमा देशभरका सडकका खाल्डाखुल्डी पुर्न तथा बिजुली र टेलिफोनका पोल, ढल, सार्वजनिक भवन तत्काल मर्मत गर्न पनि माग गरिएको छ।

ज्ञापनपत्र बुझे पछि गृहमन्त्री शर्माले सो घटनाबारे छानबिन गर्न मन्त्रालयले यसअघि नै गृहन्त्रालयका सहसचिव दीपक काफ्लेको नेतृत्वमासमिति गठन गरेको जानकारी गराए।

यसैबीच मधेस पत्रकार समाज, सवृद्ध मधेस नागरिक अभियानलगायत संघसंस्थाको अगुवाइमा बुधबार अपराह्न माइतीघर मण्डलमा मृतक बालिकाको स्मृतिमा मैनबत्ती प्रज्ज्वलन गरिएको छ।

प्रकाशित: २६ श्रावण २०७४ ०२:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App